अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४२ | Colorodo: 08:57

पाकिस्तानमा रहेको हजार वर्ष पुरानो हिन्दु मन्दिर ७२ वर्षपछि खुला

बिआरटीनेपाल २०७६ साउन १५ गते ७:३२ मा प्रकाशित

पाकिस्तानमा रहेको एक ऐतिहासिक हिन्दु मन्दिर वर्षौँपछि पूजाअर्चनाका लागि खुला गरिएको छ। भारतीय सञ्चारमाध्यममा पाकिस्तानको सियालकोटमा रहेको शवाला तेजा सिंह मन्दिर सोमबार पूजाअर्चनाका लागि खुला गरिएको उल्लेख छ । तर पाकिस्तानी पत्रकारहरुका अनुसार यो मन्दिर गएको मे देखि नै खुला गरिएको हो ।

लेखक तथा इतिहासकार राशिद नियाजको पुस्तक ‘हिस्ट्री अफ सियालकोट’ का अनुसार यो मन्दिर झण्डै एक हजार वर्ष पुरानो हो। सन् १९९२ मा भारतको बाबरी मस्जिद भत्काइएपछि सियालकोटमा रहेको शवाला तेजा सिंह मन्दिरमा आक्रमण भएको थियो । जसका कारण मन्दिर क्षतिग्रस्त भएको थियो । पाकिस्तानमा हिन्दु समुदाय अल्पसंख्यक हुन् । हाल पाकिस्तानमा झण्डै ७५ लाख हिन्दुको बसोबास छ ।

भारत–पाकिस्तान विभाजनपछि अर्थात झण्डै ७२ वर्षदेखि बन्द रहेको शवाला तेजा सिंह मन्दिर खुला गरिनुलाई महत्वपूर्ण मानिएको छ। भारत–पाकिस्तान विभाजन तथा बाबरी मस्जिदमा भएको आक्रमणपछि पाकिस्तानमा रहेका हिन्दु मन्दिर तथा अन्य धार्मिक स्थलमा आक्रमण भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू