अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५८ | Colorodo: 01:13

ह्यारी केनको निर्णायक गोलले रियाल मड्रिड विरुद्ध टोटनह्याम हट्सपर विजयी

बिआरटीनेपाल २०७६ साउन १५ गते ७:२९ मा प्रकाशित

प्रि–सिजनको खेलमा इङ्लिस क्लब टोटनह्याम हट्सपरले स्पेनको रियाल मड्रिडलाई पराजित गरेको छ । जर्मनीको म्युनिखमा जारी औडी कप फुटबल अन्तर्गत गएराति भएको सेमिफाइनलमा टोटनह्यामले रियाल मड्रिडलाई १–० ले पराजित गरेको हो ।

टोटनह्यामका लागि ह्यारी केनले निर्णायक गोल गरेका थिए । टोटनह्यामले अब औडी कप फुटबलको उपाधिका लागि आयोजक बायर्न म्युनिखसँग खेल्नेछ । प्रतियोगिताको अर्को सेमिफाइनल खेलमा टर्कीको फेनरबाचेलाई ६–१ ले हराउँदै बायर्न म्युनिख फाइनलमा पुगेको हो ।

फेनरबाचे विरुद्धको खेलमा बायर्नलाई विजयी गराउन थोमस मुलरले ह्याट्रिक गर्दा रेनाटो सान्चेज, लियोन गोरेत्ज्का र किङ्ग्सले कोम्यानले एक–एक गोल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू