अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१५ | Colorodo: 23:30

उत्तर कोरियाबाट पुनः दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण

बिआरटीनेपाल २०७६ साउन १५ गते ७:२८ मा प्रकाशित

अन्तर्राष्ट्रिय समुदायको आलोचनाका बीच उत्तर कोरियाले पुनः दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट दुई ब्यालेस्टिक क्षेप्यास्त प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनालाई उदृत गर्दै समाचार संस्था योन्हापले जनाएको छ ।

दोहो प्रायःद्वीपबाट आज बिहान उत्तर कोरियाले ती क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । तर अहिलेसम्म उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेकोबारे कुनै प्रतिक्रिया दिएको छैन । इस्ट सी भनिने सी अफ जापानमा ती क्षेप्यास्त्र खसेको बताइएको छ । त्यसअघि दुवै क्षेप्यास्त्रले ४३० किलोमिटर दूरी पार गरेको पनि समाचारमा उल्लेख छ ।

जापानका रक्षामन्त्रीले ती क्षेप्यास्त्र आफ्नो भूभागसम्म पुगेको बताएका छन् । यसअघि गत साता पनि उत्तर कोरियाले दुईवटा छोटो दूरीका क्षेप्यास्त्र प्रहार गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू