अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०४ | Colorodo: 02:19

प्रतिपक्षी दलद्धारा प्रतिनिधिसभा बैठकमा नाराबाजी, बैठक बिहीवार सम्मको लागि स्थगित

बिआरटीनेपाल २०७६ साउन १५ गते ७:१८ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रतिनिधिसभाको बुधवारको बैठक पनि अवरुद्ध गरेका छन् । सर्लाही घटनाका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै नारावाजी भएपछि बिहीवारसम्मको लागि बैठक स्थगित गरिएको हो ।

सभामुख कृष्णबहादुर महराले आजको बैठक शुरु गर्नासाथ दुवै दलका सांसदहरु उठेर विरोध जनाएका थिए । सांसदहरुले विरोध गरिरहेकै बेला उहाँले बैठकको कारवाही अघि बढाउन खोजेपछि दुवै दलका सांसदले बेल घेराउ गरेका थिए ।

संसद्को कारवाही अघि बढाउन सभामुख महराले पटकपटक अनुरोध गरे पनि विरोधसँगै नाराबाजी जारी रहेकाले बैठक स्थगित गरिएको हो । अर्को बैठक यही साउन १६ गते बिहीबार अपराह्न २ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू