अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१६ | Colorodo: 23:31

पोखरामा प्रदेश स्तरिय कराँते प्रतियोगिता हुने

बिआरटीनेपाल २०७६ साउन १४ गते ७:५१ मा प्रकाशित

नेपाली नारीहरुको महान चाड हरितालिका तिज पर्वको अवसरमा आउदो भदौं १३ र १४ गते पोखरामा गण्डकी प्रदेश स्तरिय पुरुष तथा महिला कराँते प्रतियोगिता हुने भएको छ । नेपाल क्योकुशिन (कान कराँते संघ कास्कीको आयोजनामा पोखरा रंगशालामा उक्त प्रतियोगिता हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

प्रतियोगितामा गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेक अधिकाशं जिल्लाका करिब २ सय जना खेलाडीहरु विभिन्न तौल समुहमा प्रतिस्पर्धा गर्ने भएको संघका सल्लाहकार एवं प्रतियोगिताका संयोजक दीपक बहादुर गोदारले जानकारी दिनुभयो । प्रतियोगितामा पुरुष तर्फ २५ केजी तौल समुह, ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी देखि ६० केजी मुनिका तौल समुह र खुल्ला तौल समुहका खेलाडीहरु बिच प्रतिस्पर्धा हुने भएको छ । महिला तर्फ ४० केजी, ४५ केजी मुनि तौल समुह र खुल्ला तौल समुहमा प्रतिस्पर्धा हुने भएको संयोजक गोदारले बताउनुभयो ।

प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख खर्च लाग्ने र प्रतियोगिताबाट करिब ५० हजार बचन हुने अपेक्षा गरिएको सचिव सुरेशराज अधिकारीले बताउनुभयो । विजेता खेलाडीहरुको टिमलाई शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू