अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२० | Colorodo: 11:35

ब्राजिलको कारागारमा हिंसा भड्किंदा ५७ कैदीको मृत्यु, १६ जनाको शीर छेदन

बिआरटीनेपाल २०७६ साउन १४ गते ७:४७ मा प्रकाशित

ब्राजिलको पारा राज्यस्थित अल्टामीरा कारागारमा हिंसा भड्किंदा कम्तिमा ५७ जना कैदी बन्दीको मृत्यु भएको छ । कैदी बन्दीका दुई विरोधी समुहबीच हिंसा भड्किंदा मारिनेमा १६ जनाको शीर छेदन गरिएको अधिकारीहरुले जनाएका छन् ।

कारागारको एउटा भागमा रहेका कैदी बन्दी र अर्को भागमा रहेका उनीहरुका विरोधी कैन्दी बन्दीबीच संघर्ष भएको बताइएको छ । हिंसा भड्किएपछि भएको आगलागीका कारण पनि केहीको मृत्यु भएको छ । बिहानबाट शुरु भएको हिंसा करिब ५ घण्टासम्म चलेको थियो । कैदी बन्दीले कारागारका दुई अधिकारीलाई पनि बन्धक बनाएका थिए । पछि उनीहरुलाई छोडिएको छ ।

२ सय जनाको क्षमता रहेको उक्त कारागारमा ३ सय भन्दा बढी कैदी बन्दी राखिएको थियो । ब्राजिलका कारागारमा प्रायः यस्तै हिंसाका घटना भईहन्छन्् । ब्राजिलका कारागारहरुका करीब ७ लाख बन्दी रहेको बताईन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू