अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१६ | Colorodo: 20:31

प्रधानमन्त्री ओली उपचारका लागि शनिवार सिंगापुर जाने

बिआरटीनेपाल २०७६ साउन १४ गते ७:४५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर जानुहुने भएको छ । उहाँ उपचारका लागि सिंगापुर जान लाग्नुभएको निजी चिकित्सक तथा मुटु रोग विशेषज्ञ डा अरुण सायमीले जानकारी दिनुभयो । प्रधानमन्त्री ओली साता अघि तिलगंगा आँखा अस्पतालको कार्यक्रममा भाग लिएर फर्किएदेखि अस्वस्थ हुनुहुन्छ ।

छाउनीस्थिति सैनिक अस्पतालमा गरिएको परीक्षणमा ओलीको शरीरमा चिनीको मात्रा तलमाथि भएको पाइएको थियो । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली शनिबार त्यसतर्फ जाने कार्यक्रम तय भएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू