अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३४ | Colorodo: 15:49

८९ किलो गाँजा बरामद, ४ भारतीय नागरिक पक्राउ

बिआरटीनेपाल २०७६ साउन १४ गते ७:४१ मा प्रकाशित

पर्सा प्रहरीले लागु औषध गाँजासहित ४ जना भारतीय नागरिकलाई बीरगञ्जबाट पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ ड्राईपोर्ट बहुअरी स्थित सडक खण्डबाट लागुऔषध गाँजासहित चारजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतिहारी जिल्ला बिशुनपुर–३ निवासी ३१ वर्षीय नुरमहमद हुसेन, फुलवरिया–११ निवासी ३२ वर्षीय असलम आलम साईन, २८ वर्षीय ईर्साद साईन, शितलपाटी निवासी ३० वर्षीय सुनिल साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बहुअरी सडक भारततर्फ जाँदै गरेको बीआर २८ जी २७७० नम्बरको बलेरो गाडीलाई चेकजाँच गर्दा ८९ किलोग्राम गाँजा बरामद भएको पर्साका प्रहरी उपरीक्षक सोमेंद्र सिंह राठौरले जानकारी दिनुभयो । गाडीको फल्स बटम बनाई लुकाइएको अवस्थामा गाँजा बरामद गरिएको हो ।

लागुऔषधसहित पक्राउ परेका चारैजनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू