अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१७ | Colorodo: 06:32

विराटनगरमा दुई हजार भारतीयको सुची दर्ता

बिआरटीनेपाल २०७६ साउन १४ गते ७:४० मा प्रकाशित

भारतीय दूतावासले प्रदेश १ को राजधानी विराटनगरमा दुई २ हजार भारतीय नागरिकको सूची दर्ता गराएको छ । मोरङ व्यापार संघको समन्वयमा तीन दिने शिविर आयोजना गरी ती भारतीय नागरिकको सूची दर्ता गरी प्रमाणपत्र वितरण गरिएको हो ।

विभिन्न क्षेत्रमा कार्यरत र अध्ययनरत भारतीयहरुको ‘रजिष्ट्रेशन’का लागि भारतीय राजदूतावास, काठमाडौँसँग समन्वय गरी मोरङ व्यापार संघले शिविर आयोजना गरेको हो । तीन दिनको अवधिमा जम्मा २ हजार भारतीय दर्ता हुन आएको र उनीहरुले प्रमाण–पत्र प्राप्त गरेको व्यापार संघले जनाएको छ ।

उक्त तीन दिने रजिष्ट्रेशन क्याम्पमा लगभग २ हजार ५ सय भारतीय नागरिकहरुको आवेदन परे पनि आज अन्तिम दिन अत्यधिक चापका कारण कतिपयको आवेदन संकलन गरी भारतीय राजदूतावासलाई बुझाइएको थियो । कतिपयको कागजात अपूर्ण भएको एवं प्रक्रिया नपुगेकाले दर्ता हुन नसकेको संघका अध्यक्ष प्रकाश मुन्दडाले बताउनुभयो ।

यसअघि व्यापार संघकै पहलमा गत २०७५ पौषमा पनि एक दिने दर्ता शिविर आयोजना गरिएको थियो । त्यतिबेला ५ सय भारतीय नागरिकहरुले दर्ता प्रमाण–पत्र प्राप्त गरेका थिए । उनीहरुको पहिचानमा सहज हुन र संख्या अध्यावधिक गर्न दुतावासले यस किसिमको शिविर आयोजना गरेको अध्यक्ष मुन्दडाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू