अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२४ | Colorodo: 03:39

विप्लवका काठमाडौँ जिल्ला सेक्रेटरी उपाध्याय पक्राउ

बिआरटीनेपाल २०७६ साउन १४ गते ७:३५ मा प्रकाशित

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका काठमाडौं जिल्ला सेक्रेटरी धीरेन्द्राकुमारी उपाध्याय पक्राउ पर्नुभएको छ । उहाँलाई प्रहरीले बूढानीलकण्ठबाट पक्राउ गरेको छ । कालिकोट घर भएकी उपाध्यायलाई प्रहरीको टोलीले उपाध्यायलाई मंगलबार दिउँसो बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो।

उपाध्यायमाथि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले यसअघि राजधानीको काँडाघारीबाट विप्लका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामालाई पक्राउ गरेको थियो । लामालार्ई हाल ललितपुरको नख्खु जेलमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू