अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०९ | Colorodo: 14:24

वातावरण संरक्षण विधेयक परिमार्जनसहित पारित

बिआरटीनेपाल २०७६ साउन १४ गते ७:३१ मा प्रकाशित

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले ‘वातावरण संरक्षण विधेयक, २०७५’ लाई परिमार्जनसहित पारित गरेको छ । मंगलबार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकले सांसदहरुले राखेका संशोधन प्रस्ताव र सांसदहरुका राय समेटेर परिमार्जनसहित विधेयक पारित गरेको हो ।

विधेयकले वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी कार्यलाई राष्ट्रियस्तरमा प्रभावकारीरुपमा सन्चालन गर्न प्रधानमन्त्रीको अध्यक्षतामा एक वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन परिषद् गठन गर्ने व्यवस्था गरेको छ । बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षणका लागि सबै पक्षको सहयोग र समन्वयकारी भूमिका आवश्यक रहेको बताउनुभयो ।

विधेयकमाथि २१ जना सांसदले संशोधन प्रस्ताव राखेका थिए । बैठकमा वातावरण संरक्षण विधेयक, २०७५ का सम्बन्धमा समितिले तयार पारेको प्रतिवेदन–२०७६ माथि छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू