अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०३ | Colorodo: 03:18

डब्बल नेकपा ‘कम्बल ओढेर घ्यु खाने’ को पार्टी – डा. भट्टराई

बिआरटीनेपाल २०७६ साउन १४ गते ७:२८ मा प्रकाशित

समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ नेकपा कम्बल ओढेर ३यु खाने पार्टी रहेको टिप्पणी गर्नुभएको छ । केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीप्रति कडा कटाक्ष गर्दै उहाँले उक्त टिप्पणी गर्नुभएको हो ।

मंगलबार सामाजिक सञ्जालमार्फत् टिप्पणी गर्दै उहाँले सत्तारुढ दल नेकपालाई ‘कम्बल ओढेर घ्यू खाने’ पार्टीको संज्ञा दिनुभएको हो । नेकपालाई ’डबल’ को संज्ञा दिँदै डा. भट्टराईले सर्वहारा पार्टी भन्नै नसकिने तर्क समेत गर्नुभएको छ । “नेकपा डबलले आफूलाई ‘सर्वहारा श्रमिकवर्गको पार्टी’ भन्नु जुन गोरूको सिंग छैन उसको नाउँ तीखे भनेजस्तै हा”, बाबुरामले भन्नुभएको छ , “बरू उसले आफुलाई ‘कम्बल ओढेर घ्यू खाने’ पार्टी भन्नुपथ्र्याे! ”

बाबुरामले नेकपालाई ‘कम्युनिष्ट’को खोल ओढेर कमाउनिष्ठ धन्धा गर्ने पार्टीको पनि संज्ञा दिनुभएको छ । नेकपाले आफ्नो राजनीतिक दस्तावेजमा आफूलाई कम्युनिष्ट पार्टीका रुपमा चित्रित गर्दै सर्वाहाराको एक मात्रै पार्टी भनेको सन्दर्भमा बाबुरामले कटाक्ष गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू