अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

पार्टीको स्कुल विभागमा विवाद छैन, मिडियाले हल्ला फिँजायो– नेकपा वरिष्ठ नेता खनाल

बिआरटीनेपाल २०७६ साउन १४ गते ७:२६ मा प्रकाशित

पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले मिडियामा आए जस्तो स्कुल विभागको बारेमा कुनै विवाद नभएको बताउनुभएको छ । गृह जिल्ला इलाम जाने क्रममा प्रेस संगठन झापाले आयोजना गरेको पत्रकार भेटघाटमा खनालले स्कुल विभागको जिम्मेवारी पार्टीले चाँडै टुङ्ग्याउने बताउनुभयो ।

नेकपाका वरिष्ठ नेता खनालले स्कुल विभागका लागि नेकपाका ईश्वर पोखरेल, नारायण काजी र झलनाथ खनाल लगायत धेरै नेता योग्य रहेको बताउनुभयो । उहाँले स्कुल विभागका बारेमा भ्रममा नपर्न समेत आग्रह गर्नभएको छ ।

कार्यक्रममा नेता खनालले पार्टी एकता टुङ्ग्याएर छिट्टै मन्त्रिमण्डल हेरफेरबारे निर्णय गरिने खुलासा गर्नुभयो । सरकाको कामलाई गति दिन मन्त्रिमण्डल हेरफेर अनिवार्य रहेको उल्लेख गर्दै खनालले को–को मन्त्री परिवर्तन हुन्छन् भन्ने पार्टीको छलफलले छिनोफानो गर्ने स्पस्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू