अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२४ | Colorodo: 08:39

सृजना बनिन मिसेज नेपाल ग्रान्ड

बिआरटीनेपाल २०७६ साउन १३ गते १९:५६ मा प्रकाशित

काठमाडौँ । दोस्रो संस्करणको मिसेज नेपाल ग्रान्ड २०१९ को उपाधि सृजना श्रेष्ठले जितेकी छिन । काठमाडौँको जमल स्थित नाचघरमा सम्पन्न फाइनल प्रतियोगितामा सृजनाले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि सहित विभिन्न उपहार जितिन् । उनी मोस्ट ट्यालेन्ट, वेस्ट क्याटवाक र मस्ट फोटोफोजेनिकको उपाधि पनि जितिन् ।

सो प्रतियोगितामा मिसेज नेपाल ग्रान्ड फस्ट रनर अपको उपाधि अञ्जली केसी शाहले प्राप्त गरिन् । अञ्जलीले मोस्ट पपुलर र सोसियल वेलफेयरको उपाधि पनि हासिल गरिन् ।

यस्तै सेकेन्ड रनर अपको उपाधि सृजना थापा श्रेष्ठले र म्यानेजमेन्छ च्वाईस सहित थर्ड रनरअपको उपाधि एलिना घिसिङले पाइन् ।

यो प्रतियोगितामा भिवर्स च्वाईस सहित पब्लिक च्वाईसको उपाधि उषा राना केसीले, वेस्ट हेयरको उपाधि रविना थापाले, वेस्ट भ्युजको उपाधि इच्छा राईले, मस्ट ब्युटिफुलको उपाधि चेलिनले, वेस्ट स्किन र वेस्ट स्माईल उपाधि पूर्णिमा कोइरालाले र मोस्ट एक्टिभको उपाधि सृजना श्रेष्ठले हासिल गरे ।

यल मिडियाद्वारा आयोजित यो प्रतियोगितामा अभिनेत्री सञ्चिता लुईटेल, सञ्चारकर्मी सरोज प्याकुरेल, सूर्य चन्द सहित बलिजा महर्जन, चन्दा थापा गिरी थिए ।

गृहणीहरुको व्यक्तित्व विकाशको लागि यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष रमी श्रेष्ठले बताए । सो प्रतियोगिताको संयोजन दीपा सेढाईंले गरेकी हुन् । 

प्रतिक्रिया