अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२२ | Colorodo: 06:37

जंगली च्याउ खाँदा रोल्पामा एकै घरका ३ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ साउन १३ गते ९:५३ मा प्रकाशित

रोल्पामा जंगली च्याउ खाँदा एकै घरका तीनजनाको मृत्यु भएको छ। जिल्लाको लुङग्री गाउँपालिका– ६ पाटेगुम्चाल बस्ने २५ वर्षीया फुर्मली बुढाथोकी, उनकी छोरी ७ वर्षीया सुनिता र तीन वर्षीय छोरा पुस्कर बुढाथोकीको च्याउ खाएर मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरुले गत साउन ८ गते बिषादी च्याउ खाएर गम्भीर विरामी भएका थिए। त्यसपछि उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको थियो। त्यहाँ उपचारका क्रममा छोरा पुष्करको साउन ११ गते, छोरी सुनिताको हिजो र आमा फुर्मलीको आज बिहान मृत्यु भएको प्रदेश नम्वर ५ प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। अन्य दुईको मृत्यु यस्तै पानीको बाल्टिनमा डुबेर बाँकेको खजुरामा एक शिशुको मृत्यु भएको छ।

खजुरा गाउँपालिका– ७ गुनाना बस्ने वारिस भाटकी १८ महिने छोरी जय भाटको प्लाष्टिकको बाल्टीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय धनौली बाँकेले जनाएको छ। यस्तैगरी पानी तान्ने मोटरको नाङ्गो तार छुँदा झापामा करेन्ट लागेर सोमबार बिहान एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका–२ सेल्फीडाँडा बस्ने १९ वर्षीय सोम किस्कु रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू