अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२२ | Colorodo: 06:37

सार्क राष्ट्रमा नेपालको व्यापार ९ खर्ब ९० अर्ब, साढे ८ खर्बको घाटा

बिआरटीनेपाल २०७६ साउन १३ गते ९:४१ मा प्रकाशित

सार्क मुलुकहरूमा नेपालको व्यापार असन्तुलन बढ्दै गएको छ। भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/७६ मा सार्क राष्ट्रहरूमा नेपालको ९ खर्ब करिब ९० अर्ब रुपैयाँको बराबरको व्यापार भएको छ।

तर, नेपालले ६४ अर्ब २७ करोड ९० लाख रुपैयाँ सामान बेच्दा (निर्यात गर्दा) नौ खर्ब २४ अर्ब ७६ करोड रुपैयाँको सामान किनेको (आयात) छ। यसले सार्क राष्ट्रसँग नेपालको व्यापार घाटा आठ खर्ब ६० अर्ब ४८ करोड ४१ लाख रुपैयाँ रहेको देखिन्छ। जम्मा व्यापार ९३ प्रतिशत आयात र सात प्रतिशत निर्यात भएको छ। यस हिसाबले आयातको योगदान ९३ प्रतिशत र निर्यातको योगदान सात प्रतिशत रहेको छ। जम्मा व्यापारमा भने आयातको योगदान ९४ र निर्यात ६ प्रतिशत रहेको छ।

आर्थिक वर्ष ०७५/७६ मा नेपालले अन्तर्राष्ट्रिय बजारमा १५ खर्ब १५ अर्ब रुपैयाँको व्यापार गर्दा १४ खर्ब १८ अर्ब आयात र ९७ अर्बको निर्यात गरेको छ। नेपालको सबैभन्दा बढी व्यापार हिस्सा भारतसँग छ। आर्थिक वर्ष ०७५/७६ मा नौ खर्ब ८० अर्ब रुपैयाँको व्यापार भएको छ। सार्क राष्ट्रहरूसँगको व्यापार तुलना गर्दा यो व्यापार रकम ९९ प्रतिशत हो भने जम्मा अन्तर्रा्ष्ट्रिय व्यापार गर्दा ६५ प्रतिशत हो।

भारतसँग नौ खर्ब १७ अर्ब ९२ करोड २२ लाख रुपैयाँ बरारबरको सामान आयात हुँदा जम्मा ८५ अर्ब ५१ करोड ९० लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ। जसअनुसार आठ खर्ब ५५ अर्ब १९ करोड तीन लाख रुपैयाँ बराबरका घाटा रहेको छ। सार्क मुलुकमा भारतपछि बढी कारोबार बंगलादेशसँग भएको छ। बंगलादेशसँग ५ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा चार अर्ब २४ करोड २२ लाख रुपैयाँ बराबरको आयात र एक अर्ब २९ करोड ९३ लाख रुपैयाँ बराबरको निर्यात भएको छ। जसअनुसार बंगलादेशसँग नेपालको व्यापार घाटा दुई अर्ब ९४ करोड ८७ लाख रुपैयाँ छ।

भुटानसँग नेपालको व्यापार एक अर्ब ८३ करोड ५२ लाख रुपैयाँ छ। भुटानबाट एक अर्ब ६७ करोड ३२ लाख रुपैयाँ बराबरको सामान आयात हुँदा जम्मा १६ करोड १९ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ। आयात निर्यात अनुपातका आधारमा भुटानसँग नेपालको व्यापार घाटा एक अर्ब ५१ करोड १३ लाख रुपैयाँ रहेको छ।

पाकिस्तानसँग नेपालको व्यापार ६९ करोड ५४ लाख रुपैयाँ बराबर छ। पाकिस्तानबाट ६४ करोड ६ लाख रुपैयाँ बराबरको सामान आयात हुँदा जम्मा पाँच करोड ३७ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ। जसअनुसार पाकिस्तानसँग नेपालको व्यापार घाटा ५८ करोड करोड ६८ लाख रुपैयाँबराबर रहेको छ।

श्रीलंकासँग नेपालको व्यापार जम्मा २८ करोड ३६ लाख ९१ हजार रुपैयाँबराबर मात्रै छ। श्रीलंकाबाट २७ करोड ५५ लाख रुपैयाँ बराबरको सामान आयात भएकोमा जम्मा ८१ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ। माल्दिभ्स र अफगानिस्तानसँगको व्यापार नाफामा सार्क राष्ट्रका पाँच मुलकमा नेपालको व्यापार घाटामा रहे पनि दुई राष्ट्र भने नाफामा छ।

ती राष्ट्र हुन्, अफगानिस्तान र माल्दिभ्स । अफगानिस्तानसँग नेपालको व्यापार तीन करोड १४ लाख रुपैयाँ बराबरको रहेको छ। दुई करोड २८ लाख रुपैयाँको सामान निर्यात भएकोमा ८५ लाख रुपैयाँ बराबरको सामान मात्रै आयात भएको छ। जसअनुसार अफगानिस्ताननसँग नेपालको व्यापार एक करोड ४२ लाख रुपैयाँबराबर भएको छ।

माल्दिभ्ससँग नेपालको व्यापार जम्मा ७५ लाख ७२ हजार रुपैयाँको छ। जसमा ६८ लाख ८६ रुपैयाँको निर्यात र ६ लाख ८७ रुपैयाँको आयात छ। भने ६१ लाख ९९ हजार रुपैयाँ व्यापार नाफामा रहेको छ। चार वर्षमै दुई गुणा घाटा वृद्धि पछिल्लो चार वर्षमा सार्क राष्ट्रसँग नेपालको व्यापार करिब दुई गुणाले वृद्धि भएको छ। आर्थिक वर्ष २०७२/७३ मा सात राष्ट्रसँग चार खर्ब ४६ अर्ब ९२ करोड रुपैयाँ व्यापार घाटा रहेकोमा आर्थिक वर्ष २०७५/७६ मा आठ खर्ब ६० अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। व्यापार घाटासँगैआयात व्यापार पनि दुई गुणाले वृद्धि भएको छ।

चार वर्ष अघि चार खर्ब ८८ अर्बको व्यापार भएकोमा अहिले नौ खर्ब २४ अर्ब रुपैयाँको भएको छ। दुई गुणाले घाटा र आयात बढ्दा निर्यात भने जम्मा ३५ प्रतिशतले वृद्धि भएको छ। चार वर्षअघि ४१ अर्बको निर्यातमा अहिले भने ६४ अर्ब रुपैयाँ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू