अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१६ | Colorodo: 17:31

घुस्याहालाई संरक्षण गरेको प्रमाण ल्याए फाँसीमा झुण्डिन तयार छु– भूमिसुधार मन्त्री अर्याल

बिआरटीनेपाल २०७६ साउन १३ गते ९:३९ मा प्रकाशित

सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पदमा अर्यालले घुस खाने कर्मचारीलाई आफ्नो मन्त्रालय र विभागबाट संरक्षण गरेको प्रमाण ल्याए आफू फाँसीमा झुण्डिन तयार रहेको बताउनुभएको छ । मन्त्री अर्यालले आफ्नो मन्त्रालय मातहतका सबै निकायमा सुशासन कायम गराउन लागि परेको दावी समेत गर्नुभयो ।

सोमबार काठमाडौंको साँखुमा आधुनिक सुविधायुक्त मालपोत कार्यालय सेवाको शुभारम्भ गर्दै उहाँले कर्मचारीलाई घुस नदिने संकल्प गर्न सेवाग्राहीलाई पनि अपिल गर्नुभयो । सेवाग्राहीले काम छिटो गर्ने नाममा कर्मचारीलाई घुस्याहा बनाएकाले सुशासन कायम गर्न आफूलाई अप्ठयारो परिरहेको मन्त्री अर्यालको गुनासो थियो ।

सो अवसरमा मन्त्री अर्यालले कर्मचारीलाई घुस नलिन र नदिन सेवाग्राहीलाई पटक–पटक सचेत गराउनुभयो । नदिए कसैले पनि घुस नलिने र नापी तथा मालपोत कार्यालयमा सुशासन कायम हुने मन्त्री अर्यालको भनाई छ । उहाँले मालपोत तथा नापी कार्यालयको सेवालाई पारदर्शी बनाउन सरकारले प्रविधिमा जोड दिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू