अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२६ | Colorodo: 01:41

एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

बिआरटीनेपाल २०७६ साउन १३ गते ९:३८ मा प्रकाशित

गैरआवासीय नेपाली संघ (एनआरएनए ) को अध्यक्षमा बेलायत निवासी व्यवसायी कुल आचार्यले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । संघका केन्द्रीय उपाध्यक्षसमेत रहनुभएका आचार्यले संघको नवौँ अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको बताउनुभयो ।

आचार्यले एनआरएनए युकेको साधारण सदस्य हुँदै एनआरएन अभियानमा लागेको स्मरण गर्दै त्यसपछि एनआरएन युकेको कार्यसमितिको सदस्य, उपाध्यक्ष हुँदै कार्यसमितिमा हुँदै अध्यक्षको जिम्मेबारी समेत निर्वाह गरेकोले आफुले उम्मेद्वारी घोषणा गरेको बताउनुभयो । अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य, युरोप क्षेत्रीय संयोजक हुँदै आठौ महाधिवेशनबाट केन्द्रीय उपाध्यक्ष पदमा विजयी भएको उल्लेख गर्दै आचार्यले अब केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने निर्णयमा पुगेको जानकारी गराउनुभएको छ ।

उहाँले गैर आवासीय नेपालीहरुको समस्यालाई मध्यनजर गर्दै उनीहरुको लागि कार्ययोजना ल्याउने आफ्नो तयारी रहेको बताउनुभयो । अबको आफ्नो उम्मेदवारी नेपालीहरुको समस्यालाई समाधान गर्न र कुनै स्वार्थमा नलाग्न भएको जिकिरसमेत आचार्यले गर्नुभएको छ । अब आउने चुनावमा कुनै पनि परिवार, नातावाद, कृपावाद, लोभबाट ग्रसित हुन नहुने र नेतृत्व तन्दुरुस्त हुनुपर्ने उहाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू