अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५५ | Colorodo: 18:10

क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार, ३ जनाको मृत्यु, ११ घाइते

बिआरटीनेपाल २०७६ साउन १३ गते ९:३५ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्नियामा अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा ३ जनाको ज्यान गएको छ । क्यालिफोर्नियाको गिलरोयमा भएको ‘गार्लिक फुड फेस्टिवल’मा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा उनीहरुको ज्यान गएको हो ।

घटनामा कम्तीमा ११ जना घाइते भएका छन् । अन्दाजी ३० वर्षका गोरो वर्णका पुरुष व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेको र उनी पनि जवाफी कारबाहीमा मारिएको त्यहाँको प्रहरीले जनाएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै घटनाप्रति खेद प्रकट गर्नुभएको छ । उहाँले सबैलाई सुरक्षित रहन र धैर्यधारण गर्न अपील समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू