अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४५ | Colorodo: 20:00

‘टुर डे फ्रान्स’ साईक्लिङको उपाधि कोलम्बियाका एगान बर्नाल लाई

बिआरटीनेपाल २०७६ साउन १३ गते ९:३१ मा प्रकाशित

यस वर्षको ‘टुर डे फ्रान्स’ साईक्लिङ प्रतियोगिताको उपाधि कोलम्बियाका एगान बर्नालले जितेका छन् । उपाधिसँगै २२ वर्षिय बर्नालले ‘टुर डे फ्रान्स’ को १ सय १० वर्षे इतिहासमा उपाधि जित्ने कान्छा खेलाडीको कीर्तिमान पनि बनाएका छन् ।

अघिल्लो दिनसम्म रेस लिडर रहेका इनियोस टिमका राइडर बर्नाललाई अन्तिम दिनको खेलमा कसैले पनि च्यालेन्ज गरेनन् । प्रतियोगितामा उनकै टिमका खेलाडी एवं साविक विजेता गेराइन्ट थोमस यसपटक दोस्रो स्थानमा समेटिए ।

३ हजार ४ सय ८० किलोमिटर लामो टुर डे फ्रान्स विश्वकै कठिन एवं ठूला तीन साईक्लिङ प्रतियोगिता मध्येको एक हो । २१ चरणमा हुने टुर डे फ्रान्सको यो एक सय छैटौं संस्करण हो । प्रतियोगितामा २२ टिमका १ सय ७६ साईकल राइडरहरुले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया