अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५७ | Colorodo: 16:12

नाईजेरयामा बोको हरामको आक्रमण, अन्त्येष्टि कार्यक्रममा सहभागी ६५ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ साउन १३ गते ९:२९ मा प्रकाशित

नाइजेरियामा आतंकवादी समूह बोको हरामले एक अन्त्येष्टि कार्यक्रममा अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तीमा ६५ जनाको मृत्यु भएको छ । नाइजेरियाको माइदुगुरी जिल्लानजिक रहेको एक गाउँमा मोटरसाइकल र भ्यानमा आएका हमलाकारीले अन्तेष्टी समारोहमा सहभागीहरुमाथि गोली प्रहार गर्दा केहीको मृत्यु भएको हो भने केही उनीहरुसँगको मुठभेडमा मारिएका हुन् ।

गत दुईसाता अघि सोही गाउँमा भएको मुठभेडमा बोको हराममा ११ जना कार्यकर्ताको मृत्यु भएको बदला स्वरुप आक्रमण गरिएको बोको हरामले जनाएको छ । हमलाका कारण सो गाउँका अधिकांश घर जलेका छन् ।

यसैबीच नाइजेरियाका राष्ट्रपति मोहमद बुहारीले घटनाप्रति खेद प्रकट गर्दै घटनामा संलग्नको खोजी गर्न सेनालाई निर्देशन दिनुभएको छ । नाइजेरियामा दशकौंदेखि जारी आतंकवादी हमलामा परेर १० लाखको ज्यान गइसकेको छ । बोको हरामले छुट्टै राज्यको माग गर्दै नाइजेरियामा मात्रै नभई छिमेकी मुलुक चाडमा पनि हमला गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू