अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१८ | Colorodo: 02:33

कक्षा १२ को नतिजा सार्वजनिक

बिआरटीनेपाल २०७६ साउन १३ गते ९:२५ मा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा सञ्चालित कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार अपरान्ह सार्वजनिक गरिएको नतिजाअनुसार उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या ३ हजार ६७ जना छन् ।

परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिकतर्फ कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए। नियमित तर्फका २ लाख ९२ हजार १ सय ५३ परीक्षार्थीमध्ये ३ हजार ६७ जनाले मात्रै उच्च तहको जीपीए प्राप्त गरे। ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १६ हजार २ सय ४ जना छ । ग्रेडिङ पद्दतिअनुसार ९ वटा तहको ग्रेडअनुसार बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

३१ हजार विद्यार्थीले २.८१ देखि ३.२० जीपीए प्राप्त गरेका छन्। २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या ५६ हजार ५ सय ३ जना रहेको छ । सबैभन्दा धेरै विद्यार्थीले मध्यम स्तरको जीपीए प्राप्त गरेको बोर्डले जनाएको छ । २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थी ८६ हजार २ सय २७ जना रहेका छन् । १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९ जना छन् ।

१.२१ देखि १.१६० प्राप्त गर्नेको संख्या १९ हजार रहेको छ भने ०.८१ देखि १.२० ल्याउने परीक्षार्थी ३ हजार ५ सय २४ जना छन् । सबैभन्दा कमस्तरको ०.० देखि ०.८० ल्याउने विद्यार्थी १३ हजार ३ सय ६२ जना छन् । ग्रेडवृद्धि तर्फ ७८ हजार ७ सय ४४ परीक्षार्थी परीक्षामा सहभागी थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू