अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१९ | Colorodo: 07:34

संसदमा कांग्रेस र राजपाका सांसदहरुको नाराबाजी, बुधबार सम्मका लागि बैठक स्थगित

बिआरटीनेपाल २०७६ साउन १३ गते ९:१९ मा प्रकाशित

संघीय संसद् प्रतिनीधिसभाको सोमबारको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत राष्ट्रिय जनता पार्टीका सांसदले नाराबाजी गर्दै संसद अवरुद्ध गरेपछि बुधबार बस्ने गरी संसद बैठक स्थगित भएको हो ।

सोमवार सभामुख कृष्ण महराले बैठकको कार्यसूची अगाडि बढाउने बताएसँगै कांग्रेस र राजपाका सांसदहरुले बेल अगाडि उभिएर नाराबाजी सुरु गरेका थिए । उनीहरुले सर्लाही घटनामा संसदीय समिति गठन हुनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

सभामुख महराले सांसदहरुले बेल अगाडि उभिएर नाराबाजी गरेको लगभग ४० मिनेट पछि मात्रै संसद बैठक स्थगित भएको जानकारी दिनुभयो । उहाँले संसद अवरुद्ध नगर्न र छलफलमा भाग लिन कांग्रेस र राजपा सांसदलाई आग्रह गर्नुभएको थियो । सभामुख महराले बुधबारसम्ममा सहमति जुट्ने र त्यसदिनको बैठक स्थगित नहुने अपेक्षा गर्दै बैठक स्थगित भएको जानकारी दिनुुभयो । अब संसदको बैठक बुधबार बिहान ११ बजे बस्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू