अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४३ | Colorodo: 08:58

एनआरएन अमेरिकन नेपाली

समीर आचार्य २०७६ साउन १२ गते ११:४६ मा प्रकाशित

तिमीलाई कुर्छ नेपाल आँखा टोलाउँछ
२०२० भिजिट नेपाल तिमीलाई बोलाउँछ

तिमी भने आफ्नू काममा
व्यस्त सधैँ भन्छौ
दिन गन्दा बर्सौँ बिते
फुर्सत कहिले पाउछैा ?

दोबाटो गल्ली तिम्रै बाटो
हेरी रहन्छन् होला
आउने आशा तिम्रो गर्दा
सुकिजाला खोला ..

तिमीलाई कुर्छ नेपाल आँखा टोलाउँछ
२०२० भिजिट नेपाल तिमीलाई बोलाउँछ

बिरानो मुलुक सधैँ परदेशी
आफ्नू भन्ने को छ ?
तिमी कतै आफू भित्र
हराउछाै कि सोच !!!

सधैँ भन्छौ जान्छु अनि
वर्ष मात्र गन्छौ
झुटो आश्वासन आफूलाई
अन्योल मै राख्छौ ?

तिमीलाई कुर्छ नेपाल आँखा टोलाउँछ
२०२० भिजिट नेपाल तिमीलाई बोलाउँछ

तीम्लाई छाया दिने
चउतारी रित्ताई भा छ
तिम्रो फोटो बोक्ने भित्ता
धमिराले खा छ !!!!

लाग्छौ कि घर अब
दाम्लो कुम्लो बोकी
नेपाल आमाको आशु अब
पुछ्ने पो कि ?

तिमीलाई कुर्छ नेपाल आँखा टोलाउँछ
२०२० भिजिट नेपाल तिमीलाई बोलाउँछ
२०२० भिजिट नेपाल तिमीलाई बोलाउँछ !!!!