अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:११ | Colorodo: 10:26

वर्डस्वर्थको निवासमा ‘दाइबुचु’ सार्वजनिक

बिआरटीनेपाल २०७६ साउन ११ गते १७:०६ मा प्रकाशित

लन्डन,  अङ्ग्रेजी साहित्यका स्वच्छंदतावादी कवि विलियम वर्डस्वर्थको निवास ग्रासमेर, बेलायतमा कृष्ण बजगाईँको नियात्रा सङ्ग्रह ‘दाइबुचु’ सार्वजनिक गरिएको छ । बेलायत निवासी साहित्यकार बजगाईँले उक्त नियात्रा सङ्ग्रह आफैले सार्वजनिक गरेका हुन् ।

शिखा बुक्स काठमाण्डौले प्रकाशन गरेको जापान यात्राका अनुभूति समाविष्ट ‘दाइबुचु’ बजगाईँको तेस्रो नियात्रा सङ्ग्रह हो । सङ्ग्रहमा जापानका कला, साहित्य, संस्कृति, धर्म, इतिहास आदिलाई नियात्रामा समेटिएको छ । यस भन्दा अगि उनको ‘युरेशियाको स्पर्श’ र ‘भाया साक्रा’ नियात्रा सङ्ग्रह प्रकाशित भइसकेका छन् । ‘दाइबुचु’ बजगाईँको एघारौँ साहित्यिक कृति हो ।

डायस्पोरामा लामो समयदेखि बसोबास गरिरहेका बजगाईँ साहित्य सिर्जना र साहित्यिक सङ्घसंस्थामा उतिकै सक्रिय छन् । समकालीन साहित्य प्रतिष्ठान बेलायतका संस्थापक अध्यक्ष रहेका बजगाईँ विगत तेह्र वर्षदेखि समकालीन साहित्य डट कम नामक वेब पत्रिकाको सम्पादन तथा प्रकाशन गर्दै आएका छन् । उनी बेलायतबाट प्रकाशित हुने नेपाली भाषाको अन्तर्राष्ट्रिय साहित्यिक जर्नल ‘प्रवासन’का प्रधान सम्पादक पनि हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू