अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५० | Colorodo: 22:05

गैर आवासीय नेपाली सङ्घको प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा-साहित्य सम्मेलन अमेरिकाको बोस्टनमा हुने

विजय थापा २०७६ साउन ११ गते १६:५७ मा प्रकाशित

सल्लाहकार, संयोजक, सहसंयोजक र सदस्यहरू रहेको मूल समिति निर्माण

गैर आवासीय नेपाली सङ्घको प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा-साहित्य सम्मेलन अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टनमा हुने भएको छ । आगामी सेप्टेम्बर १ र २, २०१९ का दिन मेरीओट द्वारा सञ्चालित फेयर फिल्ड इन नामक होटेलमा हुने जानकारी प्रचार प्रसार समितिको संयोजक सर्वज्ञ वाग्लेले दिएका छन् । 

गैह्र आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् भाषा साहित्य उपसमितिले नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गा उप्रेतीको प्रमुख आतिथ्यमा अमेरिकाको बोस्टनमा गर्न लागेको जनाएको छ । स्मरण रहोस् ,गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आगामी अक्टोबर १३-१६, २०१९ मा ९ औँ महाधिवेशन तथा विश्व सम्मेलन गर्ने निर्णय समेत गरी सकेको छ । काठमाडौँ नेपालमा विश्व सम्मेलनको ठिक डेढ महिना अगाडी हुने प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा-साहित्य सम्मेलन निकै महत्त्वका साथ हेरिएको छ । र उक्त कार्यक्रममा विश्वबाट गैर आवासीय नेपाली सङ्घ अभियानमा होमिएका विभिन्न सामाजिक अभियन्ताहरू समेतको उपस्थिति हुने वाग्लेले जनाएका छन् ।

उक्त प्रथम नेपाली भाषा साहित्यको अन्तर्राष्ट्रिय सम्मेलनलाई भव्यरुपमा सम्पन्न गर्नका विभिन्न सल्लाहकार, संयोजक, सहसंयोजक र सदस्यहरू रहेको मूल समिति समेत निर्माण गरिएको छ ।

सल्लाहकारहरूमा क्रमशः भवन भट्ट, अध्यक्ष गैह्र आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्; जिबा लामिछाने पूर्व अध्यक्ष गैह्र आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्; हिक्मत थापा कोषाध्यक्ष गैह्र आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्; गौरी राज जोशी संयोजक गैह्र आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् उत्तर अमेरिका; नवीन शेरचन उप संयोजक गैह्र आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् उत्तर अमेरिका; सुनिल शाह अध्यक्ष राष्ट्रिय समन्वय परिषद् अमेरिका;संयोजक गोविन्द प्रसाद गौतम रसिया; सह संयोजक डा गोविन्द सिं रावत (विद्या वारिधि )क्यानडा; सदस्य सचिव सुरेन उप्रेती क्यानडा रहेका छन् ।

यसै गरी सदस्यहरूमा क्रमशः डा लेखनाथ काफ्ले ताइवान; रमेश कँडेल युगान्डा; सदस्य महेश्वर पन्त अमेरिका; ईश्वरी भट्ट अमेरिका; सर्वज्ञ वाग्ले अमेरिका; विमल गिरी बेल्जियम; निलम कार्की अमेरिका; कमला प्रसाईँ अमेरिका; मणि पनेरु अमेरिका; भगवती बस्नेत इजरायल; अमित राई कुवेत; गणेश घिमिरे अस्ट्रेलिया; फणिन्द्र भट्टराई बेलायत; मन मूर्ती भुर्तेल रसिया; सानु घिमिरे अस्ट्रेलिया; ओम गुरुङ स्पेन; रामकृष्ण शर्मा अस्ट्रेलिया; महेन्द्र कँडेल युके प्रकाश पौडेल जापान रहेका छन् ।

त्यस्तै गरी कार्यक्रमलाई भव्यताको साथ सफल बनाउन आयोजना स्थल बोष्टनमा व्यवस्थापन समितिको संयोजक महेश्वर पन्त ;आर्थिक समितिको संयोजक ईश्वरी भट्ट र प्रचार प्रसार समितिको संयोजक सर्वज्ञ वाग्लेको संयोजकत्वमा स्थानीय सङ्घ/संस्थाका प्रतिनिधि रहेका उपसमितिहरू रहने जानकारी छापा विज्ञप्ति मार्फत गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय समिति भाषा साहित्य उपसमितिका संयोजक गोविन्द प्रसाद गौतमले जानकारी गराएका छन् ।

व्यवस्थापन समितिको संयोजक महेश्वर पन्त; आर्थिक समितिको संयोजक ईश्वरी भट्ट र प्रचार प्रसार समितिको संयोजक सर्वज्ञ वाग्लेले अमेरिकाका सबै गैर आवासीय नेपाली समुदायलाई सहभागी हुन् आव्हान समेत गरेका छन् ।

प्रतिक्रिया