अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०५ | Colorodo: 09:20

प्रहरी महानिरीक्षकको बढुवामा उनै हारे म हारिन्: पूर्व एआर्ईजी जयबहादुर चन्द

अर्जुन बराल २०७६ साउन १० गते २३:०२ मा प्रकाशित

२०४४ चैत्र २९ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरी तालिम पश्चात् जय बहादुर चन्द प्रहरी महानिरीक्षक पदमा पुग्छ भन्ने अभिलाषा त पक्कै थियो होला हुँनुपनि भयो तर नेपाल प्रहरीको पच्चिसौ आईजीपिको फुली त सर्वोच्चले लगाउनै दिएन ।

प्रश्न जसरी बुझेपनि मैले सोझै विषयवस्तुमा केन्द्रित रहोस् भनेर सोधीहालेपछि लामो हाँसोसहित एक्कैछिन नेपाल प्रहरीको इतिहासमा कानुनले बन्देज लगाएर एआईजीमा अवकाश उनै जय बहादुर चन्द मौन भए तर प्रहरीभित्रको बढुवा विवाद आखिर किन छताछुल्ल सतहीमा बेलाबेलामा आई रहन्छ त्यो बुझ्न जरुरी थियो जसमा बरियताक्रम विवादमा पात्रहरूलाई कहिले भिलेन त कहिले खलनायक बनाएर प्रचार गरिएता पनि असली हिरो को भन्ने कोही कसैले जान्न पाउँदैनन् हामी त्यसैलाई खोतल्न उनै जय बहादुरको मौनतालाई चिर्दै सेवा प्रवेशताका तालिमको वरिष्ठताको क्रममा तेस्रो सहित “क” ग्रेडमा तालिम सम्पन्न गर्नु भएको तपाईँलाई कसरी एसएसपी बाट डिआइजीमा बढुवा गर्दा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल र गृहमन्त्री भीम रावलको पालामै बरियताक्रममा तेस्रोमा पारिनु भयो हो त्यसैकारणबाट नेपाल प्रहरीको इतिहासमा जय बहादुर चन्द आईजीपि बन्न सक्ने कुरै हुँदैन थियो त्यसैले सर्वोच्चले अन्तरिम आदेशबाट तपाईँलाई रोक्यो जवाफलाई अझ बोझिलो पार्दै प्रश्न ठड्याए ।

नेपालको प्रचलित कानुन सरकारको निर्णय म कहिल्यै मान्दिन भनेको छैन र मान्नु पर्छ पनि । तत्कालीन सरकारले निर्णय गर्दा प्रहरी सङ्गठनभित्र मैले कर्तव्यपूर्वक जिम्मेवार निर्वाह गरेकै थिए । द्धन्दको एकदशकको समयमा तत्कालीन सरकारको आदेशलाई मनन गरी सधैँ फिल्डमा रहेको म सरकारले गरेको मूल्याङ्कनलाई मान्दिन भन्न सुहाउँदैन थियो अनि एक,दुई को क्रमाङ्कले मेरो सफलतालाई रोक्दैनथ्यो अझ राम्रो गर्न सक्छु भन्दै जिम्मेवारमै केन्द्रित भए,अनि तत्कालीन समय २०४३ सालमा प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेका एक वर्ष सिनियर एसएसपीहरूलाई छोडेर सरकारले म सहित नवराज सिलवाल,प्रकाश अर्याल,बमबहादुर भण्डारीलाई डिआइजीमा बढुवा गर्दा असन्तुष्ट एसएसपीहरूले सरकारले बरिष्ठताक्रम मिच्यो भनेर सर्वोच्चमा रिट हाल्दा तत्कालीन समयका न्यायाधीश कल्याण श्रेष्ठ र उनै सुशीला कार्कीको संयुक्त इजलासले बढुवाको आधार सिनियर र जुनियर मात्रै नभई कार्य सम्पादन बढुवाको मुख्य आधार भन्दै सरकारको निर्णय सदर गरेको थियो भने तत्कालीन समयमा एसएसपीबाट डिआइजीमा बढुवा हुँदा सिनियर रूपमा रहेका लव विष्ट आफू बढुवामा नपरेको भन्दै लोकसेवा आयोगमा उजुरी हाल्दा लोकसेवाले नै नम्बर पछाडि हुँदैमा सिनियर र जुनियर नहुँने निर्णय गरेको थियो अब भन्नुस् ज्येष्ठता,कार्यकुशलता,कार्यक्षमता,उत्तरदायित्व बहन गर्न सक्ने क्षमता,सहित नेतृत्व प्रदान गर्ने कुशलता तथा आफूभन्दा मुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने क्षमता तत्कालीन सरकारले पहिचान गरी प्रहरीको नेतृत्व सुम्पिनका लागि गरिने मन्त्रिपरिषद्को निर्णयको दुई दिन अगाडी नै अधिवक्ता कपिलदेव ढकालले मन्त्रिपरिषद्को निर्णय विरुद्ध सर्वोच्चमा रिट गर्छन् अनि कुनै बेला यस्तैप्रकारको घटनाक्रममा सरकारको पक्षमा फैसला गर्ने तत्कालीन न्यायाधीश अनि तत्कालीन समयमा सम्माननीय प्रधानन्यायधिशको पदमा रही कानुनको व्याख्या गर्दा यो न्यायसंगत होइन भन्दै कार्यान्वयन नगर्न आदेश दिनुहुन्छ ।

अनि सत्य यही हो सम्मानित अदालतले दिएको निर्देशन सरकारले कार्यान्वयन गरयो तर म असन्तुष्ट रही सङ्गठनप्रति घृणा बोध नगरी अझ जिम्मेवारसहित आफ्नो कार्यकाल सफलतापूर्वक निर्वाह गरे उनी भन्दै गए । नेपाल प्रहरीले वीरताको लागि पाउने नेपाल महेन्द्र प्रहरी पदक सहित १२ पदक प्राप्त यी प्रहरी अफिसर प्रहरी सङ्गठन भित्र कुनै बेला ई काउन्टर किङ्गका रूपमा परिचित भए पनि मैले उनलाई भनिहाल्यो सरकारले सबै राम्रो गर्छ भन्ने हुँदैन यो राजनीतिक इन्ट्रेस्ट सँग पनि जोडिँदो रहेछ अनि सरकार तपाईँलाई नै आईजीपि बनाउन लागि पर्ने अर्का डिआइजी नवराज सिलवाल म नै आईजीपिको लागि योग्य हुँ तत्कालीन सरकारको निर्णय मान्दिन भन्दै अदालत नै पुग्नु पर्ने खिचडी के पाक्दै थियो सोधाई आक्रोश पूर्ण नै थियो ।

उनी भन्छन्, म रिटायर्ड भई सके प्रहरी सङ्गठनलाई मजबुत बनाई राख्न रुल अफ ल लागु गरेर ल एन्ड अर्डर कायम गराउन सक्ने उपयुक्त पात्र सरकारले प्रहरीको उच्च पदमा चयन गर्छ । प्रहरी सङ्गठनको यति लामो इतिहासको बढुवा प्रक्रियामा बरियाक्रमले हेम बहादुर सिंह र रत्न शमशेर राणा,रमेश चन्द ठकुरी र रबिन्द्र प्रताप शाह, कसैलाई छोएन आखिर जय बहादुर चन्द लाई नै किन रोक्यो ? यो म भन्न सक्दिन यति त अवश्य भन्छु २०७४ भदौ २७ गतेको सात जना न्यायाधीश सम्मिलित पूर्ण इजलासले मलाई मात्रै होइन भोलिका दिनमा सरकारले नियुक्त गर्ने पदको लागि सर्वोच्च अदालतले राम्रै फैसला गरेको छ । हुन्न त सम्मानित अदालतले तत्कालीन समयका डिआइजी उपेन्द्रकान्त अर्याल भन्दा ११ महिना सिनियर डिआइजी पार्वती थापाले २०६९ कार्तिक २४ गते बरिताक्रमका आधारमा आफू आइजिती हुनुपर्छ भनी सर्वोच्चमा मुद्दा हाल्दा त्यसको चारबर्ष सम्म सुनुवाइ भएन आखिर डिआइजी सिलवालको हकमा म नियुक्त भएको दुई घण्टामा नै रोक्न किन भनियो ? यस विषय म बुझ्न सक्दिन बरु आम नागरिकले बुझ्न जरुरी छ । आखिर बरिताक्रमका आधारमा बढुवा हुँनुपर्र्ने व्याख्या गर्ने त्यो गरिमामय सम्मानित सर्वोच्च अदालतले पार्वती थापाको हकमा किन अन्तरिम आदेश दिएन, अनि २०४३ का एसएसपीहरू मनोहर रिमाल,ज्ञानेन्द्रराज वैध,पूर्णसिंह खड्का,रबिन्द्रप्रताप राणा,रामकुमार खनाललाई छोडेर एकबर्षपछि सेवा प्रवेश गरेका नवराज सिलवाल के आधारमा डिआइजी भए अनि किन उनले बरिताक्रम मिचेर मलाई बढुवा नगर्नु भन्ने सुझाव तत्कालीन सरकारलाई दिन सकेनन् ?

तत्कालीन प्रधानमन्त्री प्रचण्ड नवराज सिलवाललाई नै आईजीपि बनाउने पक्षमा थिए तर सत्तापक्षका नेता शेर बहादुरको दबाबले तपाईँलाई नियुक्त गर्न बाध्य भएका थिए भन्ने चर्चा थियो आखिर रुल अफ लमा बस्ने तपाईँ एउटा राजनीतिकदलको नेता शेर बहादुर देउवासँग कस्तो कनेक्सनमा हुनुहुन्थ्यो र ? प्रश्न सोधिहालियो ।

हिजो प्रहरी सेवा प्रवेश गर्दा म प्रहरी निरीक्षकमा थिए सङ्गठनले विभिन्न ठाउँमा दिएको जिम्मेवार सफलतापूर्वक निर्वाह गदै गए सङ्गठन मेरो कार्यसम्पादन प्रक्रियाबाट सन्तुष्ट भयो त्यसैको आधारले नै म बढुवा हुँदै गए यस परिवेशमा कति सरकार बने यसको मतलब यो होइन कि सबैसँगको कनेक्शनले म बढुवा भए । प्रहरी सङ्गठनभित्रको कार्यसम्पादन मूल्याङ्कन सङ्गठनभित्र हुन्छ कुनै राजनीतिक दलको शरणमा पाउँ मोलेर हुँदैन र गर्न सकिँदैन पनि । अनि आजसम्म भएका सबै आईजीपि नियुक्तीहरुमा तत्कालीन सरकारको निर्णय हुन्छ यो त्यो दलको भन्ने हुँदैन बरु तपाईँ आफै भन्नु होस रिटायर्डको यतिका समयसम्म पनि म कुनैदलमा आबद्ध छैन यसलाई राजनीतिक कनेक्सशका रूपमा कसरी लिनुहुन्छ उनी थप्छन् ।
अन्तमा उनलाई थपे कहिकतै हिजोका आफ्ना प्रतिद्धन्दी डिआइजी नवराज सिलवालले अदालतको शरणमा गएर तपाईँको आईजीपि यात्रामा ब्रेक लगाए, आफूले राजीनामा दिई तत्कालीन नेकपा एमालेबाट टिकट लिई प्रत्यक्ष निर्वाचनमा जनताले चुनेर सांसद बनेका छन् तपाइसँग कस्तो सम्बन्ध छ आजभोलि ?

गज्जब सोध्नुभयो (हाँस्दै) मैले कहिल्यै नवराज सिलवालसँग दुस्मनी मोलेको छैन र मोल्दिन पनि । हुन्न त प्रत्यक्ष फोन संपर्क भएको छैन हामीबिच मित्रवत व्यवहार छ कहीँ कतै कार्यक्रममा भेटिदा हातमिलाउँने देखि हाई हेल्लो सबै हुन्छ । उनी आज माननीय हुन्न हिजो सङ्गठनमा हुँदा सङ्गठनको नुर गिराउने काम गरेनन् भलै आईजीपि सम्बन्धी घटनाक्रममा म सँगको उनको लडाई होइन सरकारसँगको हो बरु उनी यसमा हारे प्रहरी सङ्गठनमा एउटा घटनाक्रममा उनको लडाइमा प पनि पात्रको रूपमा खडा भए । यसैलाई लिएर म बस्दिन तर उनको राजनीतिक यात्रा सफल होस ।

(नेपाल प्रहरीका पूर्व एआईजी जयबहादुर चन्दसँग अर्जुन बरालले गरेको कुराकानीको सम्पादीत अंश)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू