अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०४ | Colorodo: 22:19

अन्तर्राष्ट्रिय कलाकार मञ्चको नेपाल शाखामा सिँखडा, एक करोडको कलाकार अक्षय कोस बनाउने योजना

केन्द्रीय अध्यक्ष खनालका तीन कृति विमोचन

बिआरटीनेपाल २०७६ साउन १० गते २२:०३ मा प्रकाशित

केन्द्रीय अध्यक्ष खनालका तीन कृति विमोचन

कलाकारहरूको अन्तर्राष्ट्रिय स्वतन्त्र छाता सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका ( International Artists Forum – IAF) को केन्द्रीय समिति अमेरिका अन्तर्गतको नेपाल शाखाको कलाकार भेला तथा नेपाल शाखामा नयाँ नेतृत्व चयन कार्यक्रम मञ्चका प्रमुख सल्लाहकार एवम् अग्रज कलाकार नीर शाहको प्रमुख आतिथ्यमा काठमाडौँमा सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका केन्द्रीय अध्यक्ष रामप्रसाद खनालको नयाँ कविता कृति “मुर्दाहरूको बस्ती”, गीति सिडी ” रामप्रसाद खनालका गीतहरू” र डिभिडी “रामप्रसाद खनालका सदाबहार गीतहरू” को सामूहिक रूपमा विमोचन समेत गरिएको उक्त कार्यक्रममा यस अघि शिव हरी पौड्यालले नेतृत्व गर्नुभएको मञ्चको नेपाल शाखा कार्य समितिलाई बिदाइ गरी नेपालका प्रसिद्ध कलाकार एवम् कवि शैलेन्द्र सिम्खडाको अध्यक्षता मा नयाँ नेपाल शाखा निर्माण गरिएको छ । 

नेपालका अग्रज कलाकारहरू क्रमशः: शम्भुजित बास्कोटा, सन्तोष पन्त, हरि बहादुर थापा, सरोज खनाल, किरण केसी, दिनेश डिसी, चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका अग्रज कलाकार केशव भट्टराई लगायतका कलाकारहरू, प्राज्ञहरू, बुद्धिजीवीहरू, साहित्यकारहरूको गुणस्तरीय उपस्थिति रहेको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कला क्षेत्रका भीष्म पितामह, ज्युँदा इतिहास नीर शाहले आफू अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका स्थापना काल देखी नै यसमा आबद्ध रहेको र यसले कला, संस्कृति, साहित्य लगायतका क्षेत्रमा खेलेको भूमिका, अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष राम प्रसाद खनालले खेल्नुभएको भूमिका अतुलनीय रहेकाले आफू अहिले पनि यो संस्थासँग जोडिइरहेको बताउनुभयो । 

नेपाल सङ्गीत नाट्य प्रतिष्ठानका पूर्व उपकुलपति एवम् सङ्गीत बादशाह शम्भुजित बास्कोटा, प्राज्ञ एवम् गीतकार उन्नति बोहरा शिला, चलचित्र विकास बोर्डका अध्यक्ष एवम् अग्रज कलाकार केशव भट्टराई, प्राज्ञ एवम् नाट्य बादशाह हरि बहादुर थापा लगायतका वक्ताले अन्तर्राष्ट्रिय कलाकार मञ्चको साकार आत्मक पक्ष र यसले गरेका योगदान को विषयमा तारिफ गर्नुभयो ।

सबै वक्ताहरूले अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष एवम् सर्जक रामप्रसाद खनालका विमोचित कृति र वहाँले नेपाली भाषा, साहित्य, कला, संस्कृति र गीत सङ्गीतको क्षेत्रमा पुत्याएको योगदानको खुलेर प्रशंसा गर्नुभयो ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका केन्द्रीय अध्यक्ष रामप्रसाद खनालले अन्तर्राष्ट्रिय कलाकार मञ्च एउटा स्वतन्त्र र कलाकारहरूको अन्तर्राष्ट्रिय सङ्गठन भएको बताउँदै यसले कलाकार र नेपाली भाषा, साहित्य, कला, संस्कृति र गीत सङ्गीत आदिलाई जोड्ने काम गरिरहेको बताउनुभयो ।

नेपाल शाखा स्थापना भए देखी हाल सम्म अग्रज हास्य कलाकार शिव हरी पौड्याल र किरण केसी लगायतको टिमले गर्नुभएको योगदान प्रति हार्दिक धन्यवाद दिँदै नव निर्वाचित नेपाल शाखा अध्यक्ष लोकप्रिय कवि एवम् कलाकार शैलेन्द्र सिम्खडा र वहाँको टिमलाई बधाई ज्ञापन गर्नुभयो । सिम्खडाजीको नेतृत्वमा नव गठित कार्यसमिति आगामी दिनमा अझ बढी कृयाशिल भएर काम गर्ने आफूले आशा राखेको बताउँदै केन्द्रीय समिति नेपाल शाखालाई सदैव रचनात्मक काममा साथ दिन तयार रहेको बताउनुभयो । 

मञ्चका वर्तमान केन्द्रीय उपाध्यक्ष एवम् नेपाल शाखाका निवर्तमान अध्यक्ष शिव हरी पौड्यालले आफ्नो कार्यकालमा भए गरेका काम हरूको प्रगति विवरण सुनाउनुभयो ।

अग्रज हास्य कलाकार, केन्द्रीय सल्लाहकार किरण केसीको स्वागत भाषण, गायिका, प्रखर उद्घोसिका एवम् केन्द्रीय सदस्य मञ्जु पौडेलको उदघोसणमा सम्पन्न उक्त कार्यक्रम प्रज्ञा भवन कमलादी काठमाडौँ मा सम्पन्न भएको थियो ।
सो अवसरमा प्रमुख अतिथि शाह र केन्द्रीय अध्यक्ष खनालले केही समय अघि पुनर्गठन पश्चात् केन्द्रमा नियुक्त र हाल काठमाडौँमा रहनुभएका सल्लाहकार, कार्य समितिका सदस्य कलाकारहरूको निर्वाचित भएको प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

नेपाल शाखाको नव निर्वाचित कार्य समिति यस प्रकार छ :

अध्यक्ष – शैलेन्द्र सिम्खडा
निवर्तमान अध्यक्ष – शिव हरी पौड्याल
उपाध्यक्षहरू – प्रभाकर शर्मा, भुवन श्रेष्ठ, सुरेन्द्र केसी, जुन रिजाल, नवीन पौडेल
महासचिव – एक नारायण भण्डारी
सचिव – कमल मैनाली
कोषाध्यक्ष – राज लुइँटेल
सह कोषाध्यक्ष – कमला रेग्मी हुनुहुन्छ भने

सदस्यमा क्रमशः: शिव शङ्कर रिजाल, नीरज नेपाल, निरु खड्का, शीतल शर्मा, याम छेत्री, सबिता गुरुङ, शिव हरी आचार्य, विष्णु सापकोटा हर्के हवलदार, राजु पौडेल राजु मास्टर, मरीचमान श्रेष्ठ बल्छी धुर्बे, शिव हरी वैरागी, विष्णु रिजाल, सुरेशराज शर्मा, राज कुमार केसी, देवी हमाल, राम प्रसाद पाठक, विष्णु पाण्डे ( माइला बा ), आँचल शर्मा, बुद्धि तामाङ, हिमा दाहाल, शर्मिला शर्मा, विमला गिरी, स्वस्तिका लामिछाने, मनीषा श्रेष्ठ, लेखान्त भुसाल, सरस्वती फुयाँल, अमृता लुंघेली मगर, दमन रुपाखेती, अन्जु महर्जन, रमेश अधिकारी, विनोद केसी, मुकुन्द आचार्य, राजन चौलागाइ, कँचन सापकोटा, श्रीधर आचार्य, असीम पौडेल, रविन भट्ट, सुदिप कुँवर, सुदन केसी, गणेश सापकोटा, करिश्मा ढकाल, अनुसार पौडेल, शोभा त्रिपाठी रहनुभएको छ । 

यसै गरी अन्तर्राष्ट्रिय कलाकार मञ्च, नेपाल शाखाको सल्लाहकारमा क्रमशः : निर्मल शर्मा, बम बहादुर कार्की, केदार घिमिरे, सन्दीप छेत्री, जितु नेपाल, सिताराम कट्टेल धुर्मुस, पल्पसा डङ्गोल, पवित्रा घर्ती मगर, नारायण आचार्य, मञ्जु पौडेल, विमल राज छेत्री, इन्द्र जिसी, सिताराम पोखरेल, राज सिग्देल, चण्डी प्रसाद काफ्ले, राम चन्द्र काफ्ले रहनुभएको छ ।

शाखाको पूर्ण बैठक नबसेका बेला, साधारण सभा नबसेका बेला पूर्ण अधिकार सहितको सचिवालय बनेको छ जसमा अध्यक्ष सहितका ११ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ । नेपाल शाखाको नव निर्वाचित कार्य समितिको दुई वर्षको कार्यकाल हुने छ । 

कलाकारहरूका लागि आपत् बिपदमा सहयोग गर्न एक करोडको कलाकार अक्षय कोस बनाउने योजनाका विषयमा समेत केन्द्रीय अध्यक्ष खनाल र नेपाल शाखा अध्यक्ष सिँखडाका बिचमा छलफल भएको छ । छिट्टै केन्द्रीय समितिको साथ र सहयोगमा नेपाल शाखाको पहलमा उक्त अक्षय कोस खडा गरी त्यसलाई कार्यान्वयन गर्न पहल गरिने भएको छ ।

कार्यक्रमका केही तस्बिरहरू:

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू