अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०४ | Colorodo: 03:19

स्कुले विद्यार्थीका लागि स्मार्टर मोबाइल एप सार्वजनिक

बिआरटीनेपाल २०७६ साउन १० गते ९:४२ मा प्रकाशित

म्याक्स कनेक्टले स्कुल पढ्ने विद्यार्थीलाई लक्षित गरी ‘स्मार्टर’ नामको मोबाइल एप सार्वजनिक गरेको छ। शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी गरे म्याक्स कनेक्टले कक्षा ४ देखि ९ सम्मका विद्यार्थीलाइ लक्षित गरी स्मार्टर एप ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत जीत राघवले जानकारी दिनुभयो ।

अनलाइनबाट किन्न मिल्ने यो सिष्टमका लागि क्यास, बैंकिङ सिष्टम, खल्ती, इ– सेवा आदिको प्रयोग गर्न सकिने बताईएको छ । उहाँले नेपाल बाहिरबाट पनि यो स्मार्टर एप खरिद गर्न सकिने जानकारी दिनुभयो । आगामी दिनमा थप फिचरसहित अन्य विषयहरुमा समेत काम गर्ने र विद्यार्थीहरुको पढाइलाइ अन्तरक्रियात्मक बनाउने योझना रहेको राघवको भनाई छ ।

एपमा कोर्ष अनुसार आवश्यक मात्रामा अध्ययन सहयोगी भिडियो सामग्री राखिएको र मल्टिपल प्रयोगकर्ताले पनि सहज तरिकाले उपयोग गर्न सक्ने बताईएको छ । राघवका अनुसार प्रतिविद्यार्थी वार्षिक १० हजार तिरेर पढ्न सक्ने तर अहिले ५० प्रतिशत छुट गरेर ५ हजार शुल्क तिरेर ग्राहकले सेवा लिन सक्नेछन्। देशभरी नै डिलरहरु मार्फत हरेक स्कुलसम्म एप पुर्याउने योजना रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू