अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४९ | Colorodo: 15:04

भूमध्यसागरमा आप्रवासी सवार डुंगा डुब्दा ११५ जना बेपत्ता, १ सय ३४ जनाको सकुशल उद्धार

बिआरटीनेपाल २०७६ साउन १० गते ९:३५ मा प्रकाशित

अफ्रिकी मुलुक लिबियाको तटीय क्षेत्रमा आप्रवासी बोकेको एउटा डुंगा डुब्दा कम्तीमा ११५ जना बेपत्ता भएका छन् । भुमध्यसागरमा भएको यो दुर्घटनामा डुंगामा सवार १३४ जनाको सकुल उद्धार गरिएको छ । डुंगा दुर्घटना हुँदा बेपत्ता एकको भने शव भेटिएको छ । करिब २५० आप्रवासी बोकेको डुंगा दुर्घटनामा परेको हो ।

डुंगामा सवार अधिकांश अफ्रिकी र अरबी मुलुकका आप्रवासी भएको बताइएको छ । लिबियाको राजधानी त्रिपोलीबाट करिब १२० किलोमिटर टाढा रहेको एक शहरबाट ठूलो संख्याका आप्रवासीहरु भूमध्यसागर पार गर्न डुंगामा चढेका थिए ।

सबै आप्रवासी एउटै डुंगामा थिए कि फरक–फरक डुंगामा चढेका थिए भन्ने खुलेको छैन । गत मे मा ट्युनिसियाको तटीय क्षेत्रमा पनि डुंगा दुर्घटना हुँदा कम्तिमा ६५ जनाको मृत्यु भएको थियो ।

प्रत्येक वर्ष हजारौं आप्रवासी गैरकानुनीरुपमा भूमध्यसागर पार गर्ने प्रयास गर्दछन् । त्यस क्रममा सयौंको मृत्यु हुने गरेको छ । यसरी गैरकानुनी रुपमा भूमध्यसागर पार गर्न खोज्नेहरु अधिकांश लिबियाली शरणार्थी हुने गरेका छन्

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू