अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२७ | Colorodo: 04:42

पार्टीको स्कुल विभाग सम्हाल्न योग्य छु – नेकपा नेता भुसाल

बिआरटीनेपाल २०७६ साउन ९ गते १०:०७ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसालले आफू पार्टीको स्कुल विभाग सम्हाल्नका लागि योग्य रहेको बताउनुभएको छ । पार्टीको नीति, सिद्धान्त र विचार निर्माणमा योगदान गरेको जनाउँदै स्कुल विभाग आफूलाई दिन उहाँले नेतृत्व समक्ष आग्रह गर्नुभयो ।

बिहीबार लुम्बिनी प्रेस क्लब, सिद्धार्थनगरले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भुसालले पार्टी प्रशिक्षण, मार्क्सवादलगायत क्षेत्रमा आफूले पार्टी र स्कुल– स्कुलमा पढाउँदै हिँडेकाले यो विभाग आफूलाई दिँदा सबैलाई न्याय हुने दाबी गर्नुभयो । अहिले नेकपामा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलबीच स्कुल विभाग कसले लिने भन्ने विवाद चर्किएको छ ।

पार्टी सामूहिक निर्णयबाट चल्ने, आफूले गरेको योगदानको मूल्यांकन गर्ने र गुटगत स्वार्थभन्दा माथि उठ्ने हो भने स्कूल विभाग आफुलाई दिँदा न्यायोचित हुने नेता भुसालको भनाई छ । प्रतिनिधिसभा सदस्य समेत रहनुभएका भुसालले तत्कालीन एमालेको नवौं महाधिवेशनबाट आफू उपमहासचिवमा निर्वाचित हुँदा पनि स्कुल विभागको दाबी गरे पनि उतिबेला कुनै पनि जिम्मेवारी नपाएको स्मरण गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू