अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१६ | Colorodo: 21:31

अफगानिस्तानको काबुलमा ३ विस्फोट, ५ सरकारी कर्मचारीसहित १२ को मृत्यु

बिआरटीनेपाल २०७६ साउन ९ गते १०:०२ मा प्रकाशित

अफगानिस्तानको राजधानी काबुलमा भएका तीनवटा बम विस्फोटमा कम्तिमा १२ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । आन्तरिक मन्त्रालयका प्रवक्ता नसरत रहिमीका अनुसार स्थानीय समय अनुसार बिहीबार बिहान ८– १० बजे सरकारी कर्मचारी बोकेको गाडीमा पहिलो बम विस्फोट गराइएको थियो । उक्त विस्फोटमा पाँच जनाको मृत्यु भएको थियो भने १० भन्दा घाइते भएका थिए ।

रहिमीका अनुसार पहिलो बम सरकारी कर्मचारी बोकेको मिनिबसमा विस्फोट गराइएको थियो भने त्यसको केही समयमा उक्त विस्फोट भएको नजिकैको क्षेत्रमा दोस्रो आत्मघाती बम विस्फोट गराइएको थियो । त्यसैगरी तेस्रो सैनिक बोकेको कारमा विस्फोट गराइएको थियो ।

उक्त मिनिबसमा खानी तथा पेट्रोलियम मन्त्रालयका कर्मचारीहरु सवार थिए । रहिमीका अनुसार मृत्यु हुनेको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । अधिकारीका अनुसार दोस्रो आत्मघाती विस्फोटमा कम्तिमा सात जनाको मृत्यु भएको थयो भने २० जना घाइते भएका थिए । तेस्रो विस्फोटमा भने मानवीय क्षति नभएको मन्त्रालयले बताएको छ । तालिवानी समूहका प्रवक्ताले पहिलो विस्फोटको जिम्मा लिएका छन् भने पछिल्ला दुई वटा विस्फोटमा आफ्नो समूहको संलग्नता नभएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू