अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५२ | Colorodo: 22:07

फिफा विश्व वरीयतामा नेपाल एक स्थान झर्यो

बिआरटीनेपाल २०७६ साउन ९ गते १०:०१ मा प्रकाशित

फुटबलको सर्वोच्च निकाय फिफाको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १६६औं स्थानमा पुगेको हो ।

यसअघि, नेपाल १६५औं स्थानमा थियो । दक्षिण एसियाली राष्ट्रहरुबीचमा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा माथि भारत १०३औं र माल्दिभ्स १५२औं स्थानमा रहेका छन् ।

बंगलादेश १८२औं, भुटान १८६औं, श्रीलंका २००औं र पाकिस्तान २०४औं स्थानमा रहेका छन् । फिफाले २११ राष्ट्रलाई वरीयतामा राख्दै आएकामा बेल्जियम पहिलो, ब्राजिल दोस्रो, फ्रान्स तेस्रो, इंग्ल्यान्ड चौथो र उरुग्वे पाँचौं स्थानमा रहेका छन् । सान मारिनो वरीयताको पुछार २११औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू