अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२८ | Colorodo: 17:43

गोर्खामा खाल्डोमा लुकाईराखेको अवस्थामा १६ केजी सुन बरामद

बिआरटीनेपाल २०७६ साउन ९ गते ९:५६ मा प्रकाशित

गोरखाको धार्चे गाउँपालिका खाल्डोभित्र लुकाई राखेको अवस्थामा १६ केजी सुन बरामद भएको छ। गाउँपालिकाको ३ नम्बर वडामा पर्ने खोर्लाबेसीमा खाल्डोमा पुरेर लुकाइराखेको अवस्थामा उक्त सुन भेटिएको प्रहरीले जनाएको छ। खाल्डोभित्र सुनका एक एक केजीका विस्कुट १६ थान भेटिएको जनाइएको छ।

प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकमल गुरुङ रहेका छन्। पैसा लुटिएको भन्दै खबर गरेका धनकमल अनुसन्धानपछि उक्त सुनसँग सम्बन्धित व्यक्ति भएको प्रहरीको दावी छ। लुटिएको बारे वडाअध्यक्षलाई जानकारी गराए लगत्तै गुरुङ बेपत्ता भएका थिए। लुकाइएको सुन चिनबाट आएको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू