अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१० | Colorodo: 08:25

‘रअ’ प्रमुखसँग प्रधानमन्त्री ओलीको नभेटेको सरकारको दावी

बिआरटीनेपाल २०७६ साउन ९ गते ९:४६ मा प्रकाशित

सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग भेटघाट नगरेको दाबी गरेको छ । बिहीबार सन्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री ओलीले ‘रअ’का प्रमुख सामन्तसँग काठमाडौंमा भेटघाट नगरेको स्पस्ट पार्नुभयो ।

रअ प्रमुखसँग भेट नगरे पनि भेट गरेझैं गरी हल्ला फैलाएको भन्दै मन्त्री बाँस्कोटाले यसलाई पुष्टि गर्न सन्चारमाध्यमलाई चुनौती दिनुभयो । ‘रअ प्रमुखसँग भेट्न नमिल्ने त होइन’ भन्दै उहाँले मूलधारका मिडिया कुइरीमन्डलको खेतीमा रमल्लिएको टिप्पणी गर्नुभयो ।

‘रअ’का प्रमुख नेपाल आएको सरकारलाई थाहा नभएको उल्लेख गर्दै सन्चारमन्त्री बाँस्कोटाले उनीसँग भेट्दैमा कोहीपनि रअका पक्षका नहुनेपनि स्पष्ट पार्नुभयो । सन्चारमन्त्री बाँस्कोटाले नेताहरुलाई ‘रअ’का प्रमुखले भेटेको भएपनि कूटनीतिक मर्यादाअनुसार भेटेको भए राम्रो हुने धारणा राख्नुभयो ।

यसैबीच, सरकारले विभिन्न आयोजना सञ्चालनका लागि भन्दै तीन वटा मन्त्रालयमा ९ सय ८९ जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्री बाँस्कोटाका अनुसार खानेपानी मन्त्रालयमा २ सय १३, वन तथा वातावरण मन्त्रालयमा ५०, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ७ सय २६ जना कर्मचारीको दरबन्दी स्वीकृत गर्ने निर्णय भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू