अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१७ | Colorodo: 09:32

सरकारका काम कारवाहीलाई प्रभावकारी बनाउनुपर्छ– प्रचण्ड

बिआरटीनेपाल २०७६ साउन ९ गते ९:४५ मा प्रकाशित

सत्तारुढ नपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका काम कारवाहीहरुलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । विश्वलाई नेपालबाट समाजवादको नयाँ सन्देश दिनका लागि पार्टी एकताले पूर्णता पाउनु पर्ने उल्लेख गर्दै उहाँले पार्टी एकतालाई मजबुद बनाएर सरकारका कामकारवाहीलाई चुस्त गराउनु पर्नेमा जोड दिनुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको छैठौँ स्मृति दिवसका अवसरमा नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रचण्डले साउनमा स्थायी र केन्द्रीय समितिको बैठक सकेर भदौमा जनअभियान सुरु गर्ने पार्टीको योजना रहेको बताउनुभयो । पार्टी एकता अहिलेको स्थितिमा मात्र सीमित हुन नहुने उल्लेख गर्दै उहाँले सामाजिक न्यायसहितको समृद्धिको मोडल दिनका लागि पार्टी एकतालाई पूर्ण र बलियो बनाउनुपर्ने ठहर गर्नुभयो ।

कार्यक्रममा पुर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकतामा विलम्ब गर्न नहुने बताउनुभयो । पार्टी एकता कसैले भत्काएर भत्किने खालको नरहेको उल्लेख गर्दै उहाँले एकतालाई झन मजबुद पार्नुपर्ने ठहर गर्नुभयो । सरकारको उद्देश्य पूरा गर्नका लागि पनि पार्टी थप एकताबद्ध हुनुको विकल्प नरहेको नेता नेपालको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू