अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४७ | Colorodo: 06:02

जनसंख्या बढाउन सर्बियामा सरकारले थाल्यो अभियान, नगद पुरस्कारको ब्यवस्था

बिआरटीनेपाल २०७६ साउन ८ गते १०:०४ मा प्रकाशित

बढ्दो जनसंख्या विश्वका कतिपय मुलुकका लागि चिन्ताको विषय हो । तर, युरोपियन मुलुक सर्बियामा जनसंख्या बढाउन सरकारले नै अपिल गर्नुपरेको छ । सर्बियाको सरकारले देशको जनतासँग अपिल गर्दै भनेको छ, ‘सन्तान जन्माउ, ढिलो नगरौं ’। यूरोपको बाल्कन द्वीपको सानो मुलुक सर्बियामा जनसंख्याको कमी चिन्ताको विषय बन्ने गरेको छ । जनसंख्या बढाउनका लागि सरकारले कैयांै प्रकारको उपाय अपनाएको छ । कैयौं नारा पनि दिएको छ ।

‘सन्तानको चित्कार सुन्नुहोस् ’। एक अनुसन्धानका अनुसार सर्बियामा जनसंख्या घटेर ७० लाख सम्म पुगेको छ । सन् २०५० सम्मा जनसंख्यामा १५ प्रतिशत गिरावट हुन सक्ने संयुक्त राष्ट्रको अनुमान छ । यसै समस्या समस्या समाधानका लागि सरकारले मानिसहरुलाई बच्च जन्माउन प्रोत्साहन गर्ने गरेको छ । यहाँको सरकार मातृत्व हेरचाह कानूनको माध्यमबाट महिलाहरुलाई कैयौ प्रकारको सुविधा प्रदान गर्न तयार छ ।

सर्बिया सरकारले यस बर्षको फेब्रअरीमा जन्मदर बढाउनको लागि प्रतियोगिताहरुको आयोजन गर्ने भएको छ । यसको माध्यमबाट युवाहरुलाई नगद पुरस्कार पनि दिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू