अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०६ | Colorodo: 18:21

होटलमा बन्धक बनाई वालिकालाई करणी गर्ने शिक्षक पोखराबाट पक्राउ

बिआरटीनेपाल २०७६ साउन ८ गते १०:०२ मा प्रकाशित

पोखराको एक होटलमा आठ दिनेदेखि बालिकालाई बन्धक बनाई करणी गर्ने एक शिक्षकलाई कास्की प्रहरीले पक्राउ गरेको छ। मोरङको विराटनगर घर भई हाल उदयपुर जिल्ला चौदण्डी नगरपालिका वडा नम्बर ७ बस्ने २८ वर्षीय राकेश कुमार कानोडियालाई प्रहरीले पक्राउ गरेको हो ।

म्यारिगोल्ड सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक समेत रहेका राकेशले एक बालिकालाई पोखरा ल्याइ जबरजस्ती करणी गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिनुभयो । बालिकालाई होटलको कोठामा राखेर अभिभावकसँग सम्पर्क समेत गर्न नदिई बन्धक बनाई राखेको अवस्थामा प्रहरी टोलीले उद्धार गरी अभिभावकको जिम्मा लगाइएको केसीले बताउनुभयो ।

नाबालिकालाई विगत ८ दिनदेखि पोखरा लेकसाइड डिहिकोपाटनको एक होटलको कोठामा राखी जबरजस्ती करणी गरेको बयानमा बालिकाले बताएको केसीले जानकारी दिनुभयो । राकेश कुमार कानोडियालाई नियन्त्रणमा लिई कानुनी कारबाही अगाडि बढाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू