अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५७ | Colorodo: 08:12

चलचित्र निर्माता छवि र नायिका शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी

बिआरटीनेपाल २०७६ साउन ८ गते १०:०१ मा प्रकाशित

प्रहरीले निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहले जानकारी दिनुभयो ।

छविकी पत्नी हेमा ओझाले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा छविविरूद्ध बहुविवाहको उजुरी हाल्नु भएको थियो । उजुरीमा हेमाले आफूहरूबीच २०४१ सालमा विवाह भएको उल्लेख गर्दै छविले फेरि अर्की विवाह गरेको बताएकी छन् । पछिल्लो समयमा नायिका शिल्पा पोखरेलसँग छविविरूद्ध घरेलु हिंसाको मुद्दा हालेकी थिइन् ।

हेमाले छवि र शिल्पा दुबैलाई नियन्त्रणमा लिई कानुनी कारबाही गर्न अनुरोध गर्नुभएको छ । नयाँ मुलुकी संहिताअनुसार बहुविवाह गर्ने पुरूष र महिलालाई १ देखि पाँच वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँ जरिवाना हुनसक्छ।

प्रतिक्रिया