अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२८ | Colorodo: 19:43

गाउँ डुबानमा परेपछि नवलपरासीका स्थानीयले भत्काइदिए गण्डक नहर

बिआरटीनेपाल २०७६ साउन ८ गते ९:५६ मा प्रकाशित

लगातारको वर्षापछि आएको बाढीका कारण गाउँ डुबानमा परेपछि नवलपरासीका स्थानीयले गण्डक नहरको डिल भत्काइदिएका छन् । गाउँ नै डुब्ने अवस्थामा पुगेपछि उनीहरुले बुधबार बिहानै नहर भत्काइदिएका हुन् । स्वस्ती डुवानमा परेपछि उनीहरु बिहानै कोदालो, गैंची लिएर उनीहरु नहरको डिल पुगेका थिए ।

त्रिवेणीमा भारतीयले बनाएको नहरका कारण नेपाली भू–भाग डुबानमा पर्दै आएको छ। त्रिवेणी हुँदै १९ किलोमिटर लामो गण्डक नहर सिचाइँका लागि भारत लगिएको छ । नहरका कारण सयौ बिघा खेत र सिंगो महलवारी गाउँ नै डुबानमा परेपछि स्थानीय आक्रोशित छन् ।

भारतीय नहरको डिल यहाँको खेतको सतहभन्दा निकै माथि भएका कारण वर्षेनी पानीले सहज निकास नपाउँदा हजारौँ बिघामा लगाइएको धानबाली डुबानमा पर्ने गरेको छ। १९ वर्षअघि पनि स्थानीयले त्यही ठाउँमा नहरको डिल भत्काइदिएका थिए । स्थानीयले नहरको डिल भत्काएपछि भारतीय पक्षले ४ वटा ह्युमपाइप राखेर पानीको निकास बनाएको थियो। ४ वटा ह्युमपाइ सानो भएका कारण डिल नै भत्काउन स्थानीय बाध्य भएका हुन्। पश्चिम नवलपरासीको सदरमुकाम परासीबाट नहर भत्काएको स्थान २० किलोमिटर पूर्व पर्छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू