अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२० | Colorodo: 21:35

रुस र चीनद्धारा पहिलो पटक संयुक्तरुपमा एसिया प्रशान्त क्षेत्रमा हवाई गस्ती

बिआरटीनेपाल २०७६ साउन ८ गते ९:५२ मा प्रकाशित

रुस र चीनले पहिलो पटक संयुक्तरुपमा एसिया प्रशान्त क्षेत्रमा हालसम्मकै लामो दूरीको हवाई गस्ती गरेका छन् । दुई देश मिलेर लडाकु विमानका साथमा चारवटा बम खसाल्ने जहाजले जापानी समुद्र र पूर्वी चिनियाँ सीमा गस्ती गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

रुसले पूर्व योजनाअनुसार नै तोकिएको हवाई मार्गमा गस्ती गरिएको स्पष्ट पारेको छ । रुस र चीनले गरेको हवाई गस्तीको प्रतिक्रियामा दक्षिण कोरिया र जापानले पनि आफ्ना जेटहरु पठाएका छन् । दक्षिण कोरियाले भने आफ्नो क्षेत्रमा रुसी विमान प्रवेश गरेको देखेपछि मेसिन गनबाट गोली चलाएको र आगोको ज्वालाले आक्रमण गरेर चेतावनी दिएको बताएको छ ।

उक्त घटनालाई लिएर जापानले रुस र कोरिया दुवैको विरोध गरेको छ । सो घटना दक्षिण कोरियाले कब्जा गरेको एउटा टापुमाथि भएको हो । तर, सो टापुमाथि जापानले पनि दाबी गरिरहेको छ । कोरियाले रुसी र चिनियाँ विमान आफ्नो हवाई सुरक्षा क्षेत्रमा प्रवेश गरेको जनाएको छ । अर्को एउटा ए–फिफ्टिन रुसी लडाकु जहाजले पनि आफ्नो टापुमा हवाई क्षेत्रको अवज्ञा गरेको पनि उसको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू