अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३८ | Colorodo: 01:53

मनसुनी बर्षा पुनः सक्रिय, देशका विभिन्न स्थानमा भारी बर्षा

बिआरटीनेपाल २०७६ साउन ८ गते ९:४९ मा प्रकाशित

मुलुकभर मनसुनी वर्षा पुनः सक्रिय भएको छ । मनसुनी न्यून चापीय रेखा तराई क्षेत्र नजिकै रहेकाले देशभर मनसुनी वर्षा पुनः सक्रिय देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि मुलुकका केही ठाउँमा भारी वर्षा भइरहेको छ ।

बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी दाङसहितका केही स्थानमा गएरातिदेखि नै भारी वर्षा भइरहेको छ । जसले गर्दा पश्चिम राप्ती र बबई नदीमा जल सतह बढ्दो क्रममा रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । जल सतह बढ्ने क्रममा रहेकाले नदी तटीय क्षेत्रमा सावधानी अपनाउन केन्द्रले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू