अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१२ | Colorodo: 18:27

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक

बिआरटीनेपाल २०७६ साउन ८ गते ९:४८ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बुधवार मौद्रिक नीति सार्वजनिक गर्नुभएको हो । नयाँ मौद्रिक नीतिमा ब्याजदर करिडोरमा थप कडाइ गरिने उल्लेख छ । बजेटले भनेकै अनुसार आर्थिक वृद्धिदर हात पार्न मौद्रिक व्यवस्था गरिएको नीतिमा उल्लेख छ ।

सार्वजनिक गरिएको मौद्रिक नीतिमा विशेष पुनर्कर्जा यथावत राखिएको छ । ब्याजदर पनि यथावत राखिएको छ । विदेशबाट कर्जा ल्याउन सहज व्यवस्थाहरु गरिएको छ भने सुनलाई निक्षेपको रुपमा जम्मा गर्ने नितिगत व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

प्राथमिकता प्राप्त कर्जाको सीमा यथावत राखिएको छ । लक्षित क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा भने पुरानै कामय राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू