अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०७ | Colorodo: 05:22

चलचित्र बैना बट्टाको पहिलो गीत “तिमी सँग” सार्वजनिक(भिडियो सहित)

बिआरटीनेपाल २०७६ साउन ८ गते ९:०७ मा प्रकाशित

काठमाडौँ : चलचित्र बैना बट्टाको पहिलो गीत “तिमी सँग” सार्वजनिक भएको छ । राज चाम्लिङको कथा निर्देशन रहेको सुम्हात्लुङ फिल्मस् प्रा.लि.को पहिलो प्रस्तुति नेपाली कथानक चलचित्र बैनाबट्टाको पहिलो गीत “तिमी सँग” ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ । उक्त गीतमा दीपा लामा तथा सन्तोष राइको स्वर रहेको छ भने देवेन्द्र नेम्बाङ्ग र कविता राईलाई फिचर्ड गरिएको छ । नेपालको सुदूर पूर्वी जिल्लाहरूमा बसोबास गर्ने लिम्बु लगायत आदिवासी समुदायमा रहेको एक प्रथा हो बैना बट्टा । यसैको सेरोफेरो चलचित्रको विषयवस्तु रहेको छ ।

मुख्य निर्माता प्रेम लावती रहेका यस चलचित्रमा भवानी घिमिरे, विक्रम नवेम्वाङ, राम लावती, एबिराज आङदेम्बे समिल राई, सुनिता लिम्बु र यस राज योङयाङह चलचित्रका सह निर्माता रहेका छन् । यस चलचित्रको नृत्य निर्देशन कमल राई छायाङ्कन सम्पादन देबजँग थापाले गर्नु भएको छ भने बैनाबट्टमा देवेन्द्र नेम्बाङ, कविता राई, बाबु मुक्तान, रस्मिला तामाङ, अर्जुन श्रेष्ठ, नरेश बनेम, रिया सुब्बा, रोमन सिंह लिम्बु, प्रकाश थेबे कृष्ण राज नेम्बाङ र पुष्प राज आङबुहाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

बैना बट्टामा चार वटा गीत रहने यस चलचित्रमा बुद्धराज इवाङ, राज चाम्लिङ र सन्तोष राईको सङ्गीत रहको छ । उक्त गीतहरूलाई दीपक लिम्बु, मेलिना राई, दीपा लामा, सन्तोष राई, राजु लिम्बु , दिप्सन लिम्बुहरूको आवाज रहेको छ । असोज पहिलो हप्ताबाट नेपाल लगायत विभिन्न देशहरूमा प्रदर्शन गर्ने योजना रहेको निर्माता प्रेम लावतीले बताएका छन् ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया