अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१९ | Colorodo: 23:34

पाकिस्तानकै सूचनामा बिन लादेन मारिएको प्रधानमन्त्री ईमरान खानको दावी

बिआरटीनेपाल २०७६ साउन ७ गते १०:२१ मा प्रकाशित

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तनले दिउको सुचनाकै आधारमा ओशामा बिन लादेन मारिएको खुलासा गर्नुभएको छ । अमेरिका भ्रमणमा रहनुभएका प्रधानमन्त्री इमरान खानले आतंकवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेन पाकिस्तानमा रहे बसेको ठाउँका बारेमा पाकिस्तानी गुप्तचर निकायहरुले नै अमेरिकालाई सूचना दिएको बताउनुभयो ।

पाकिस्तानले हालसम्म बिन लादेन पाकिस्तानको कुन ठाउँमा बस्थे भन्ने आफूहरुलाई आधिकारिक जानकारी नभएको बताउँदै आएको थियो । अमेरिकी विशेष फौजले पाकिस्तानभित्रै प्रवेश गरेर सन् २०११ मे २ तारिखमा गरेको कारबाहीमा बिन लादेन मारिएका थिए । अमेरिकी गोप्य कारबाहीका कारण पाकिस्तान र अमेरिकाबीच लामो समयदेखि विवाद हुँदै आएको छ । पाकिस्तानले अमेरिकामाथि आफ्नो सार्वभौमसत्ता हनन गरेको आरोप लगाउँदै आएको छ ।

पाकिस्तानी चिकित्सक शकील अफ्रिदीले खोप अभियानका नाममा बिन लादेन रहेबसेको स्थान पत्ता लगाएका थिए । पाकिस्तानले तिनै चिकित्सक अफ्रिदीमाथि देशद्रोही कार्य गरेको भन्दै जेलमा राखेको छ । तर प्रधानमन्त्री खानले पाकिस्तानी गुप्तचर निकायले कहिले, कहाँ र कसरी जानकारी गराएको थियो भन्ने विस्तृत रुपमा बताउन चाहनुभएन ।

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावर आक्रमणका मुख्य अभियुक्त बिन लादेन पाकिस्तानको राजधानी इस्लामावाद नजिकैको अबोटाबादमा मारिएका थिए । अमेरिकाले लादेनलाई पक्राउ गर्न सम्पूर्ण शक्ति लगाएको थियो । तर अबोटाबादमा बिन लादेन कहिलेदेखि बसेका थिए भन्ने अझैसम्म थाहा हुन सकेको छैन । सन् २०१३ मा सार्वजनिक भएको एक पाकिस्तानी सरकारी गोप्य रिपोर्टमा बिन लादेन सन् २००२ देखि पाकिस्तानमा रहेको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू