अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१० | Colorodo: 01:25

हेटौंडामा ट्रक दुर्घटना, दुईजनाको मृत्यु, पाँच घाइते

बिआरटीनेपाल २०७६ साउन ७ गते १०:२० मा प्रकाशित

हेटौंडामा एक भारतीय ट्रकको ठक्करबाट मंगलबार दुईजनाको मृत्यु भएको छ । घटनामा अन्य पाँचजना घाइते भएका छन् । आधादर्जन सवारी–साधनमा क्षति पुगेको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका बसामाडी बस्ने अटोचालक सुजन ढकाल छन् । मृतक एकजनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । वीरगन्जबाट सामान लिएर हेटौंडा आउँदै गरेको ट्रक हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेमा ‘ब्रेकफेल’ भएर अनियन्त्रित भएको थियो ।

ट्रक ओरालोमा ब्रेकफेल भएपछि चालकले नियन्त्रण गुमाउँदा बाटोमा आइरहेका एक/एक वटा मोटरसाइकल, टेम्पो, टाटासुमो जिप, मिनिबस र बसलाई ठक्कर दिएर सडकछेउमा पल्टेको प्रहरीले जनाएको छ । घाइतेहरूको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेकोे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू