अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३४ | Colorodo: 01:49

बालकमाथि यौन दुराचारको आरोपमा अष्ट्रेलियाली नागरिक पोखरामा पक्राउ

बिआरटीनेपाल २०७६ साउन ७ गते १०:१९ मा प्रकाशित

बालबालिकामाथि यौन दुराचार गरेको आरोपमा प्रहरीले पोखराबाट एक जना अष्ट्रेलियन नागरिक लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६३ वर्षीय थोमस अल्फ्रेड बेरिम्यान रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रहरी केन्द्रीय अनुन्धान ब्यूरो (सिआइबी) र कास्की प्रहरीले मंगलबार बिहान थोमस बस्दै आएको डिहिकोपाटनस्थित घरमा अनुसन्धानका लागि पुग्दा दुई बालकसहित फेला पारेको थियो । उनी कामदार भिसामा नेपाल आएका थिए । पेशाले प्याराग्लाइडर थोमसले बालबालिकामाथि यौनदुराचार गरेको खबर सिआइबीलाई पुगेपछि अनुसन्धान अघि बढेको थियो।

उनलाई ७ बजे बिहान यौनदुराचार गर्दै गरेको अवस्थामा पक्राउ गरिएको एसपी कार्कीले बताउनुभयो । २ बालकको उमेर १४ वर्ष मुनी रहेको बताईएको छ । थोमसलाई बाल यौन दुराचारको मुद्दा दर्ता गरी म्याद थपका लागि जिल्ला अदालत पठाइसकिएको एसपी कार्कीको भनाई छ ।

अन्य बालबालिका समेत उनीबाट पीडित भएको आंशका प्रहरीको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू