अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२२ | Colorodo: 15:37

रुसी महासंघको सर्वोच्च अदालतका अध्यक्ष र प्रधान्यायाधीश राणाबीच भेटवार्ता

बिआरटीनेपाल २०७६ साउन ७ गते १०:१६ मा प्रकाशित

चार दिने नेपाल भ्रमणमा रहेका रुसी महासंघको सर्वोच्च अदालतका अध्यक्ष भ्याचेस्लाभ एम लेवेदेभ र प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराबीच भेटवार्ता भएको छ । भेटका क्रममा रुसी महासंघको सर्वोच्च अदालतका अध्यक्ष भ्याचेस्लाभ एम लेवेदेभले नेपाल र रुसी महासंघको लामो समयदेखिको सौहाद्रतापूर्ण र सुमधुर सम्बन्धको चर्चा गर्नुभएको थियो । सो अवसरमा उहाँले नेपालमा संविधान जारी भएर कार्यान्वयनको अवस्थामा रहेकोले यसले नेपालको आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले नेपालमा न्यायपालिकाको योजनाबद्ध सुधारका रुपमा रणनीतिक योजना रहेकाले यसको कार्यान्वयनमा जोड दिनुभयो । प्रधानन्यायाधीश राणाले रणनीतिक योजनामै समग्र न्यायिक सुधार र न्यायिक सुशासनको विषय प्राथमिकतामा रहेकाले यसको कार्यान्वयन नै प्राथमिकतामा रहेको बताउनुभएको थियो ।

प्रधानन्यायाधीश राणाको निमन्त्रणामा रुसी महासंघको सर्वोच्च अदालतका अध्यक्ष भ्याचेस्लाभ एम लेवेदेभ तीन सदस्यीय भ्रमणदलको नेतृत्व गर्दै सोमबार काठमाडौ आउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू