अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२९ | Colorodo: 01:44

गणतन्त्रका प्रमुख चुनौती विप्लव, वार्तामा नआए नियन्त्रण गरिने– गृहमन्त्री थापा

बिआरटीनेपाल २०७६ साउन ७ गते १०:०४ मा प्रकाशित

नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले गणतन्त्रको मुख्य चुनौति नेत्रविक्रम चन्द नेतृत्वको नेकपा रहेको बताउनुभएको छ । गृहमन्त्रालयको बार्षिक प्रगति विवरण सार्वजनिक गर्न सिंहदरबारमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले सरकार अहिलेसम्म विप्लवलाई नियन्त्रण गरेरै तह लगाउने रणनीतिमा लागेको बताउनुभयो । विप्लव समूहलाई नियन्त्रण गरेर देशमा शान्ति कायम गर्ने गृहमनत्री थापाको भनाई थियो ।

गृहमन्त्रालयको मुख्य काम शान्ति सुरक्षा कायम गर्दै लोकतन्त्रको रक्षा गर्ने रहेको उल्लेख गर्दै उहाँले मूलभूत रूपमा शान्ति सुरक्षा कायम गर्न सरकार सफल भएको दावी गर्नुभयो । गृहमन्त्री थापाले देशको स्थायित्व र संघीय गणतन्त्रको रक्षा गर्ने काममा विप्लवबाट चुनौती मिलेको पनि बताउनुभयो । गृहमन्त्री थापाले अहिलेसम्म ५/ ६ सय भन्दा बढी विप्लवका कार्यकर्तालाई नियन्त्रणमा लिइसकेको जानकारी गराउनुभयो ।

गृहमन्त्रीले सरकारले नियन्त्रणको नीति लिएपछि विप्लवहरु वार्ताका लागि तयार भएर केही शर्त राखेको पनि खुलासा गर्नुभयो । सरकारले लिएको नियन्त्रणको नीतिले उनीहरू वार्तामा आउने वातावरण बनेको मन्त्री थापाको ठहर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू