अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०८ | Colorodo: 08:23

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम मंगलबारबाट पुनः शुरु हुने

बिआरटीनेपाल २०७६ साउन ६ गते ८:४९ मा प्रकाशित

चितवनको भरतपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम मंगलबारदेखि पुनः शुरु गरिने भएको छ । गत जेठ १५ गते स्थानीय व्यक्तिहरुले रंगशालाको गेट भत्काएपछि स्थगित भएको रंगशाला निर्माणको काम शुरु हुने भएको छ । रंगशाला निर्माणमा जुटेको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै सबैको ईच्छाअनुसार आफूहरु काममा फर्किएको बताउनुभयो ।

रंगशाला निर्माणका लागि चितवनमा जिल्ला स्तरीय सहयोग समिति, खेलकुद समिति निर्माण भइसकेको र आफूहरु समेत रंगशाला निर्माण हुनुपर्छ भन्ने पक्षमा भएकोले भोलिदेखि कामलाई निरन्तरता दिने कट्टेलले जानकारी दिनुभयो । रंगशाला निर्माणका लागि सहयोग दिने भनेर बोल कबोल गरेका व्यक्तिहरुसँग भोलिदेखि नै पैसा उठाउने र रंगशालालाई दुई वर्षभित्र निर्माण सम्पन्न गराउने कट्टेलले बताउनुभयो ।

काम स्थगित भएकाले रंगशाला निर्माणको डीपीआर समेत प्रभावित भएको उल्लेख गर्दै उहाँले दसैं अगाडि नै डीपीआरको काम सकेर निर्माणको चरणमा अगाडि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया